
बेसनको प्रयोग गर्नुका फाइदा, यस्ता छन्
१. सुख्खा छालाका लागि बेसनमा दूध, मह र एक चिम्टी बेसार मिलाएर पेष्ट बनाई त्वचामा लगाउनाले त्वचा नरम हुन्छ ।
२. त्यसैगरी बेसनमा काँक्रोको रस,, गुलाबजल मिसाएर त्वचामा लगाउनाले त्वचा सफा र स्वस्थ हुनुका साथै छालाको चाउरीपन हटाउन मद्दत गर्छ ।
३. बेसनमा कागति,, दही र बेसार मिलाएर त्वचामा लगाउने र २० मिनेट पछि चिसो पानीले धुने गर्नाले मृत छाला हटाएर त्वचामा चमक पैदा गर्छ र छालालाई घामबाट पनि बचाउँछ ।
४. बेसनको प्रयोगले छालालाई घामबाट बचाउँछ साथै छालामा भएका दाग, डन्डिफोर जस्ता समस्या समाधान गर्न मद्दत गर्छ ।
५. तैलिय त्वचाका लागि बेसन निकै लाभदायी हुन्छ । बेसनमा गुलाबजल र दही मिलाएर त्वचामा लगाउने र १ घण्टा पछि सफा पानीले धुने गर्नाले छाला नरम, सफा र चम्किलो देखिन्छ ।
स्वास्थको सहयोगमा