
यस्ता छन डिप्रेसनका लक्षण र उपचार बिधि
के हो डिप्रेसन ?
डिप्रेसन एक प्रकारको मानसिक रोग हो। यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने हुन्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ ।
सुरुसुरुमा पीडित व्यक्तिमा त्यति धेरै नकारात्मक विचारहरू नआउलान् । तर चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् ।
क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मार्ने चाहना उत्पन्न हनु थाल्छ र चरमसीमा आत्महत्यासम्म पुग्न सक्छ ।
डिप्रेसनका मनोवैज्ञानिक लक्षण
१. निरन्तर चिन्ता लिनु
२. स्वास्थ्यको विषयमा चिन्तित रहनु
३. नकारात्मक विचार मनमा आउनु
४. भ्रामक विचार मनमा आउनु
५. काममा मन नलाग्नु
६. स्वभाव चिडचिडा हुनु
७. सानोतिनो कुरामा रिस उठ्नु
८. मनस्थितिमा परिवर्तन
९. पागल जस्तो व्यवहार गर्नु
१०. एक्लै बस्न मन पराउनु
११. नराम्रो सपना देख्नु
१२. कहिल्यै खुशी हुन नसक्नु
१३. कम बोल्नु
१४. डर लाग्नु
डिप्रेसनका शारीरिक लक्षण
१. टाउको दुख्नु
२. मुटु काँप्नु
३. खाना निल्नमा समस्या
४. उल्टी आउनु
५. बारम्बार बाथरुम जानु
६. शरीर पहेँलो हुनु
७. श्वास प्रश्वास छोटो हुनु
८. रिंगटा लाग्नु
९. मांसपेशीमा दुखाई
१०. मुटुको धड्कन बढ्नु
११. शरीर काँप्नु
१२. पसीना आउनु
१३. ब्लड प्रेसर घटबढ हुनु
१४ थकावट हुनु
डिप्रेसनको उपचार
डिप्रेसन भएको बेला मानिसलाई लाग्छ कि उसको जिन्दगी अब खत्तम भयो । यस्तो नकारात्मक सोचबाट बाहिर निस्किने उपायहरु के छन् त ?
१. विषयबाट ध्यान हटाउने
यो योजना वा रणनीतिमा व्यक्ति आफूलाई डिप्रेसनमा पार्ने स्थिति वा समस्याबाट आफ्नो ध्यान हटाउँछ, र अरु काममा आफूलाई व्यस्त राख्ने प्रयास गर्छ । त्यो समस्याको बारेमा सोच्न पनि छाडिदिन्छ जसले गर्दा व्यक्तिलाई शान्ति मिल्छ ।
२. डिप्रेसनको कारण थाहा पाउने
यदि तपाईं डिप्रेसनको समाधान निकाल्न चाहने हो भने सबैभन्दा पहिले डिप्रेसनको कारण पत्ता लगाउने प्रयास गरौं । त्यसपछि यसलाई कतै लेख्न सकिन्छ । त्यसपछि सोचौं कि यो समस्याको के समाधान हुन सक्छ । यदि सम्भव छ भने चाँडोभन्दा चाँडो समस्याको हल खोज्ने प्रयास गरौं ।
३. भविष्यको चिन्ता नलिने
‘भोलि के होला ?’ भन्ने सोचले चिन्तालाई बढावा दिन्छ । त्यसैले सँधै आजको लागि बाँचौं किनकी वर्तमान नै वास्तविकता हो, र वर्तमानमा राम्रो गर्ने कोशिष गरौं । यसो गर्दा भविष्य आफसेआफ ठीक हुन्छ । हाम्रो हरेक दिन र हरेक पलले हामीलाई केही न केही नयाँ कुरा सिकाउँछ र समस्यासँग लड्न सिकाउँछ ।
४. चिच्याउने
केही व्यक्तिहरु अत्यधिक तनावको समयमा जोड जोडले चिच्याउने गर्छन् । यो तनावपूर्ण वा कष्टदायी स्थितिबाट मुक्ति पाउने सबैभन्दा राम्रो तरिका हो । मनोविज्ञानले पनि तनावपूर्ण स्थितिमा चिच्याउनुलाई राम्रो मान्छ ।
५. गीत सुन्ने
गीत सुनेर पनि तनाव वा दवावबाट क्षणिकरुपमा मुक्ति पाउन सकिन्छ । गीत सुन्दा व्यक्तिले आफूलाई तरोताजा महसुस गर्छ ।
६. भावनाहरु सेयर गर्नु
तनाव कम गर्ने एउटा तरिका भनेको आफ्नो मनका कुरा अरुसँग सेयर गर्नु पनि हो । आफ्ना नजिकका साथीभाई, आफन्तसँग व्यथा पोख्दा मन हलुंगो हुन्छ ।
७. नशाबाट जोगिने
तनावमुक्त हुने नाममा धेरै व्यक्तिहरु रक्सी चुरोटको सहारा लिन पुग्छ । तर, यसले उनीहरुलाई उल्टो हानी गर्छ । डिप्रेसनमा भएका व्यक्तिहरुले नशालु चिजहरुबाट सँधै टाढै बस्नुपर्छ ।
८. प्राणायाम
यदि तपाई टेन्सन र डिप्रेसनबाट मुक्त हुन चाहने हो भने दैनिक प्राणायाम गरौं । यस योगबाट टेन्सन, स्ट्रेस वा डिप्रेसन कम हुन्छ र बुद्धि तेज हुन्छ ।
९. हास्ने कला सिक्ने
हास्नु पनि तनाव कम गर्ने एउटा महत्वपूर्ण अष्त्र हो । हाँस्नाले हामीभित्र एन्डाफिर्न हार्मोन्सको मात्रा बढ्छ र यसले हामी रिल्याक्स महसुस गर्छौं ।
१०. एक्लै नबस्ने
एक्लोपना डिप्रेसनको एउटा प्रमुख कारण हो । यदि तपाईंको परिवारमा कोही डिप्रेसनबाट पीडित छ भने जति सकिन्छ उसँग समय बिताउनुस । अत्यधिक डिप्रेसनको अवस्थामा मानिसहरुमा आत्महत्याको विचार आउने गर्छ । त्यसैले उसलाई सकभर एक्लै छोड्नु हुँदैन ।
जीवनलाई तनावबाट टाढा राख्नका लागि दिनको सुरुवात यसरी गर्न सकिन्छ :
१.प्रकाशको सम्पर्क
बिहान सबेरै उठेर ढोका खुला गर्ने । त्यसले तपाईंको कोठा मात्र होइन, मन पनि उज्यालो बनाइदिन्छ । तपाईं बिहानको प्राकृतिक हावाको सम्पर्कमा पुग्नुभयो भने दिनभर आफूअनुकूल काम गर्न सक्नुहुन्छ । बिहानीपख प्राकृतिक हावाको सम्पर्कमा रहनु आवश्यक हुन्छ । यस्तो हावाले मेलाटोनिक र अड्रेनलिन उत्पादन गर्छ, जसले दिनभर फ्रेस बनाउन सहयोग पुर्याउँछ ।
२.शारीरिक व्यायाम
शारीरिक व्यायामले तपाईंको पूरै दिनलाई सुखद बनाउन भूमिका खेल्छ । प्रत्येक बिहान कम्तीमा ३० मिनेट शारीरिक व्यायाम गर्न जरुरी छ । यसले शरीरमा एन्डोर्फिन्स हर्मोन सक्रिय बनाउँछ, जसले दिनलाई सुखद बनाउनुका साथै अन्जानमा हुने गल्तीबाट पनि जोगाउँछ ।
३.आफ्नो लागि समय
बिहानको समय आफ्नो लागि पनि दिन जरुरी छ । व्यस्तताबाट १०–१५ मिनेटको समय छुट्याएर शान्तसँग आफूसँगै कुरा गर्नुपर्छ । यसले तपाईंको दिमागलाई शान्त राख्न र खुसी बनाउन सहयोग पु¥याउँछ । यसका साथै गीत सुन्ने, म्यागाजिन, पत्रिका पढ्नेलगायतका काम गर्न पनि सकिन्छ ।
४.अलार्मको प्रयोग
तपाईं बिहान जुन समयमा उठ्नुहुन्छ, त्यसभन्दा केही अगाडिको आलार्म लगाएर सुत्नुस् । त्यसो गर्दा तपाईंले सुत्नुपूर्व आफ्नो लागि केही सोच्न सक्नुहुन्छ । ढिलो उठ्ने, हतार गर्नुपर्नेजस्ता समस्याबाट पनि टाढा रहन सकिन्छ । सबैभन्दा महत्वपूर्ण त यस्तो गर्दा तपाईंले आफ्नै लागि समय पाउनुहुन्छ ।
त्यस्तै तनावमुक्त हुन् यी खाने कुरा खाएमा धेरै फाइदा हुन्छ ।
१.स्याउ: स्याउमा फस्फोरस र आइरन प्रशस्त मात्रामा पाएने हुदा तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ ।
२.अमला: अमलामा भिटामिन सी पाइन्छ। भिटामिन सीले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ ।
३.कुरिलो: तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ । जुन कुरिलोमा पाइन्छन् ।
४.ब्रोकाउली: ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ ।
५.दूध: दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ ।
६.चिसो पानी: चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तत्व उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ ।
७.केरा: केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ ।