प्रायलाई लाग्छ पुरुषको शरीर हातपत परिवर्तन हुदैन तर यो सोच गलत हो। ३० काटेपछी पुरुषको शरीरमा आन्तरिक परिवर्तनभएर धेरै किसिमको समस्या देखा पर्छ। पुरुष ३० काटेपछी शरिरमा आउने समस्या यस्ता छन् ।

१) ३० वर्ष काटेपछि मोटोपना बढ्ने हुँदा शरीरमा कोलस्ट्रोल बढ्छ । जसले गर्दा मुटु रोगको खतरा बढ्दै जान्छ ।

२) ३० वर्ष पूरा गरेपछि पुरुषमा इन्सुलिनको सन्तुलन बिग्रिएर मधुमेह अर्थात डायवेटिज हुने संभावना हुन्छ ।

३) ३० वर्षपछि पुरुषको शरीरमा हर्मोनको कमी हुन थाल्छ । यसले फर्टिलिटीमा पनि असर गर्छ ।

४) ३० काटेपछि पुरुषहरुको मसल्समा लचीलोपन आउँछ र मसल्स दुखाइ बढ्छ ।

५) ३० वर्ष पूरा गरेपछि पुरुषहरुमा क्याल्सियमको कमी हुन थाल्छ । जसका कारण हड्डी कमजोर हुने गर्छ ।

६) ३० वर्षपछि पुरुषहरुमा पाचन शक्तिमा पनि समस्या आउँछ । जसले गर्दा पेट बढ्दै जान्छ र अरु रोगहरु निम्त्याउन यसले मद्दत गर्छ ।

स्वास्थको सहयोगमा

Topics #पुरुष #समस्या