बेसल सेल कार्सिनोमा हुनबाट रोक्छ

घाममा सनग्लास नलगाउनाले बेसल सेल कार्सिनोमा नामक समस्या हुन सक्छ । यो छालाको क्यान्सरको सबैभन्दा आम समस्या हो ।

आँखा घामको किरणसंग सम्पर्क आउँदा यस्तो हुन सक्छ । बेसल सेल कार्सिनोमा आँखाको परेलाको छालाको क्यान्सर हो ।

कन्जेक्टिभालाई सुरक्षित राख्छ

आँखाको तल्लो र माथिल्लो परेलाको बाहिरी पत्रलाई कन्जेक्टिभा भनिन्छ । यो आँखाको निकै संवेदनशिल भाग हो । जब यो सूर्यको किरणको सम्पर्कमा आउँछ, चिलाउन थाल्छ ।

यसलाई भाइरल, ब्याक्टेरियल वा एलर्जिक कन्जेक्टिभाइटिस पनि भनिन्छ । यसैले बाहिर निस्कदा सनग्लास लगाउन नभुल्नुहोला ।

मोतियाविन्दुको जोखिमबाट बचाउँछ

मोतियाविन्दु आँखाको आम रोग हो । बढी उमेर भएका व्यक्तिलाई यो रोग लाग्छ । सूर्यको परावैजनी किरणका कारण पनि यस्तो हुन सक्छ । मोतियाविन्दु हुँदा आँखा धमिलो हुन्छ, जसबाट देख्न कठिनाई हुन्छ । यसैले सनग्लास लगाउनु आवश्यक हुन्छ ।

रेटिनालाई बचाउँछ

सनग्लासले सूर्यबाट निस्कने घातक पराबैजनी किरणबाट आँखाको रेटिनालाई बचाउँछ । घामको किरणले आँखामा असर पर्नासाथ धुलोको कणले रेटिनामा हुने क्षतिबाट बचाँउछ । यसैले घामबाट बाहिर निस्कँदा सनग्लास लगाउन नभुलौं ।

कर्नियालाई सुरक्षित राख्छ

चर्को घाममा त्यत्तिकै निस्कँदा पराबैजनी किरणले आँखामा बन्ने टियर सेल अर्थात् आँसुको कोशिका टुट्न सक्छ र यो कर्नियाका लागि हानिकारक हुन सक्छ । अर्थात् पराबैजनी किरणले रेटिनामा असर पु¥याएजस्तै कर्नियामा पनि असर पु¥याउँछ ।

स्वास्थको सहयोगमा 

Topics #किन चाहिन्छ चस्मा