आँखा शरीरको महत्वपूर्ण अंग हो जुन दृष्टिको काममा आँउछ। मानव शरीरमा दुई आँखा हुन्छन्। यो दुईटै आँखा खोपडीको अर्बिटमा अवस्थित हुन्छन्।

आँखाका केही समस्या यस्ता छन्ः

1.कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने रोग

आँखा पाक्ने रोगलाई ‘कन्जन्टिभाइटिस’ पनि भनिन्छ । यसलाई गुलाबी आँखा पनि भन्ने गरिन्छ । आँखाको सेतो भागमा समस्या भएका बेला आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने गर्दछ ।

यो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । तर, यसले दीर्घकालीन असर भने गर्दैन । समयमै उपचार गरेको खण्डमा यो रोग सजिलै निको हुन्छ । धुलो, धुवाँ, प्रदुषण औषधि तथा कस्मेटिक्सको एलर्जीले पनि आँखा चिलाउने, पाक्ने, सुन्निनेलगायत समस्या हुने गर्दछ ।

2.स्टाई अर्थात् आनो

यो संक्रमण परेलाको मुन्तिर सेवासियस ग्लाण्डमा हुने गर्छ । यो आँखाको बाहिर र भित्र दुबै ठाउँमा हुने गर्छ । यसलाई आनो अथवा ‘अन्धो’ पनि भनिन्छ ।

यसले हाम्रो शरीरलाई ठूलो हानी नोक्सानी गर्दैन । विशेष गरी यसमा पानी र पीपको मात्रा बढी हुन्छ । यसलाई बेस्सरी निचोरेको खण्डमा यसमा भएको किटाणु धेरै ठाउँमा सर्ने सम्भावना रहन्छ । त्यसैले यसलाई चाँडै सर्ने रोग पनि भनिन्छ ।

यसको संक्रमण हुँदा तातो बाफले सेक्नु अथवा पुदिनाको मसाज लिनु लाभदायक मानिन्छ । कुनै-कुनै अवस्थामा यसलाई निको पार्न औषधि तथा एन्टीवायोटिक प्रयोग पनि जरुरी हुन्छ ।

3.आँखा सुख्खा हुने

यो समस्या भएका व्यक्तिको आँखा चिलाउने, जलन हुने तथा आँखा सुख्खा हुने गर्छ । विशेष गरी आँखामा धेरै जलन भएमा आँखा धमिलो हुने सम्भावना रहन्छ ।

क्रमिकरुपमा परेला झिम्काइ राख्नाले पनि आँखालाई आराम मिल्छ । सामान्यतया यो समस्या बार्‍है महिना देखिने भए पनि वर्षातको समयमा फोहोर हातले आँखा समात्दा यसको संक्रमण अझ बढ्छ । यसबाहेक धुलो, धुँवा, प्रदुषणले पनि आँखाको जलनलाई बढाइरहेको हुन्छ ।

आई ड्रप्सले आँखा झिम्काउन तथा आँखाको जलन कम गर्न मद्दत मिल्छ । त्यसबाहेक आँखा दुःखेका बेला टीभी, कम्प्युटर, मोबाइलको प्रयोग नगर्ने तथा धेरैबेरसम्म किताब नहेर्नु पनि उपयुक्त मानिन्छ ।

आँखाको हेरचाह कसरी गर्ने ?

  1. सुकेको अमला पानीमा भिजाएर उक्त पानीले आँखा सफा गर्ने ।
  2. बेलको पातको रस छानेर दिनमा ३–४ पटक लगाउँदा आँखाको पीडा कम हुन्छ ।
  3. तुलसीको पातको रस पनि आँखाका लागि फाइदाजनक हुन्छ ।
  4. एक चम्चा त्रिफला चूर्ण महसँग खाने । त्रिफला भिजाएर आँखा सफा गर्दा पनि फाइदा मिल्छ ।
  5. पैतालामा नित्य तोरीको तेल लगाउँदा आँखा दुख्ने–पोल्ने समस्या ठीक हुन्छ ।
  6. गुलाबजलमा फिटकिरी घोलेर आँखामा लगाउँदा पीडा कम हुन्छ ।
  7. आँखामा आनो (अन्धो) निस्कियो भने ल्वाङ पिसेर अर्थात् चन्दन जसरी घोटेर लगाइदिने ।
  8. पानको पातको रस कपासको सहायताले लगाउँदा आनो ठीक हुन्छ ।
  9. बाख्राको दूध अन्धो निस्किएको ठाउँमा लगाउने ।
  10. रतन्धोको समस्यामा हरियो धनियाँको रस उपयोगी हुन्छ ।
  11. गाईको गोबरको रस दिनमा ३–४ पटक लगाउँदा रतन्धोमा फाइदा मिल्छ |
आँखाको दृष्टि कसरी जोगाउने ? यस्ता छन् ७ उपाय

१. झिम्क्याउने

निरन्तररुपमा आँखा झिम्काउन सिक्नुपर्छ । शुरुवातमा यो सचेत रहेर गर्नुपर्छ । पछि गएर यो बानी बन्ने हुन्छ । एक हरफ पढ्दा दुईपटक जति आँखा झिम्काउनु पर्ने हुन्छ । आँखा झिम्काउँदा आँखालाई आराम हुन्छ । कुनै काम गर्दा आँखा झिम्काउनाले काममा बाधा पुग्दैन किनभने आँखाका परेलीहरु नजोडिएजस्तो लाग्छ ।

२. पढाइ र लेखाइ

पढ्दा वा लेख्दा किताबलाई आँखाको धेरै नजिक राख्नुहुनन । आँखा र कितावको दूरी लगभग १२ इन्च जति कायम गर्नुपर्छ । एक घन्टाजतिको निरन्तर पढाएपछि आँखालाई आराम दिनुपर्छ । आँखालाई बन्द गरेर वा आँखामा सफा चिसो पानी छयापेर आराम दिन सकन्छि । यद्यपि, दुबै हत्केलाले आँखालाई ढाक्नु सबैभन्दा उत्तम मानिन्छ ।

३. यात्रा गर्दा पढाइ

गुडिरहेको गाडीमा पढ्ने बानीलाई हटाउनुपर्छ पढिहाल्ने भए पनि बाहिरपट्टी पछाडि गइरहेका÷छोडिएका बस्तुलाई हेर्ने क्रम निरन्तर गर्नाले आँखालाई आराम पुग्न जान्छ ।

४. रातमा पढाइ

एकदमै चम्किलो प्रकाशमा पढ्नु हुँदैन । टेबल–ल्याम्पको सहायताले पढ्दा बत्तिको उन्यालो सिधा कितावमा पर्नुहुन्न । सिधा र प्रत्यक्ष प्रकाश कितावको अलि छेउमा पर्नुपर्छ । धमिलो प्रकाशमा पनि पढ्नुहदैन । ट्युबलाइट विद्युतिय बल्बको तुलनामा पढ्नको लागि राम्रो मानिन्छ ।

५. सिनेमा टि.भीः

सिनेमा तथा टेलिभिजन कम हेर्नुपर्छ । १२ वर्षमुनिका केटाकेटीमा आँखा सम्बन्धी इतरदोष बढ्ने सम्भावना बढी हुने हँुदा यो उमेरमा धेरै टि.भी, सिनेमा हेर्न दिनुहुँदैन ।

सिनेमा टी.भी हेर्दा टाउको अलि पछाडी लगी आरामले हेर्नुपर्छ । चिउँडो अलिकति उठाउनुपर्छ ताकि माथिल्लो परेला आधा बन्द जस्तो रहोस् । निरन्तर परेला झिम्काउन बिसर्नु हुँदैन । आँखालाई आराम दिई चलाइरहनुपर्छ ।

६. सिलाइ–बुनाइ

सिउँदा वा बुन्दा सियोको चालसँगै आँखा पनि घुमाउनुपर्छ । एउटै ठाउँमा केन्द्रित नभई आँखालाई चारैतिर घुमाउनुपर्छ ।

७. चस्मा

अत्यन्त चक्किलो प्रकाशमा सस्तो र गुणस्तरहीन चस्मा लगाउनुहुन्न किनभने यसले आँखालर्य असर पु¥याउँछ । राम्रो गुणस्तरको चस्मा मात्र प्रयाृेग गर्नुपर्ने हुन्छ ।

एउटै एर्व निरन्तरको चस्मा लगाइ आँखाको लागी हानिकारक हुन्छ । आँखाको लागि प्राकृतिक प्रकाश आवश्यक र लाभदायक हुन्छ । दिन–रात चस्मा लगाउनु आँखाको लागि हानिकारक मानिन्छ । त्यसबाहेक आँखाको सहन शक्ति पनि घट्न जान्छ । कमजोर आँखा विभिन्न रोगहरुको शिकार बन्दछ । यस्तो आँखामा प्रकाश प्रति संबेदनशील र सुख्खा हुन्छ ।