अनुहारलाई सजाउन जति मेहनत गरिन्छ, त्यति नै कपालको पनि हेरचाह गर्नुपर्छ । तर जति अनुहारलाई ध्यान दिइन्छ त्यति नै कपाललाई भने ध्यान दिएको पाइँदैन ।

कपालले व्यक्तित्वलाई निखार्न सहयोग गर्छ । रुपरंगमै परिवर्तन ल्याइदिन्छ ।
त्यसैले आजकाल पहिलाको तुलनामा मान्छेहरु कपालप्रति संवेदनशील भइरहेको पाइन्छ ।

कपाल हेरचाह गर्ने सजिलो उपायहरु के हुन् त ?

१.चिसो कपालमा काईयो प्रयोग नगर्नुहोस : कपाल चिसो भएको अबस्थामा कपाल कोर्नाले कपाल सजिलै तन्किने हुनाले कपाल टुक्रने गर्छ । त्यसैले थारै सुकेपछि मात्र काईयो प्रयोग गर्दा उपयुक्त हुन्छ ।

२.हट अयल मसाज : नरिवल तेललाई हल्का तताएर कपालको जरामा लगाउनुहोस । यसले तपाईको ब्लड फ्लो सामान्य राख्छ । साथै नरिवल तेलले हेयर फल हुँदैन । तपाई बादाम, सरस्युँ र अमलाको तेल पनि प्रयोग गर्न सक्नुहुँन्छ ।

३.अदुवाको रस : अदुवा, लसून तथा प्याजको रस जस्ता प्राकृतिक रस कपालमा प्रयोग गर्नुहोस । यसलाई राम्रोसंग कपालको जरामा दल्नुहोस र पुरै रात राख्नुहोस र बिहान कपाललाई राम्रोसंग धुनुहोस ।

४.एलोभेरा : एलोभेराको रसले पनि कपाल झर्ने समस्याबाट छुट्कारा दिलाउन मद्धत गर्छ । एलोभेरा जेललाई कपालको जरामा सीधा लगाउनुहोस । यसले कपालमा हुने रूखोपन हटाउन मद्धत गर्छ । एलोभेरा बालोले पीएच लेवललाई पनि संतुलित बनाउँछ । एलोभेरा जेलले मसाज गरेको केही घण्टापछि कपाल धुनुहोस । यसलाई हप्तामा दुईपटक प्रयोग गर्न सकिन्छ ।

५.नीम : नीमलाई पानीमा उमाल्नुहोस । उमालेपछि यसलाई चिसो बनाउनुहोस । नीमको पानी चिसो भएपछि यसले कपाल धुनुहोस । हप्तामा एक पटक यो मिश्रण लगाउनाले डैन्ड्रफको समस्याबाट मुक्त हुन सक्नुहुनेछ ।

६.अमला : अमलालाई नरिवल तेलमा उमालेर कपालको जरामा लगाउनुहनेस । यसको अलावा अमलासंगै शिकाकाई पाउडरको मिक्स गरीएको पेस्ट बनाएर कपालमा लगाउनुहनेस र केहि समयपछि धुनुहोस ।

७.दही : दहीले कपालको लागि बेस्ट कंडिशनरको जस्तै का गर्छ । दहीमा कालो मरिच मिलाएर कपालमा लगाउनुहोस । यसको अलावा दहीमा कागती मिलाएर कपालमा लगाउनाले कपाल नरम हुनुका साथै कपालमा शाइनिंग आईरहन्छ ।

८.ग्रीन टी : मनतातो पानी र ग्रीन टीलाई कपालमा लगाउनुहोस । यसलाई एक घण्टासम्म राखेपछि धुनुहोस । ग्रीन टीमा एंटीअक्सीडेंट्स हुन्छ जसले कपाललाई झर्नबाट कम गर्छ ।

९.तनावबाट मुक्त : कपाल झर्नाको ठेलो कारण तनाव हो । तनावमा रहनाले कापालको जरा कमजोर हुन्छ । यसबाट बच्नको लागि मेडिटेशन गर्नुहोस जसले हार्माेनल संतुलन बनाउँछ र कपाललाई हेल्दी राख्छ ।

कपाल फुलेर हैरान हुनुहुन्छ यस्ता छन् घरेलु उपाय

सबैजसो मान्छेहरु यसको समाधानका लागि समयसमयमा कलर गर्ने गर्छन् तर यो वास्तवमा सही तरिका भने होइन । आज हामी तपाईलाई आफ्नो कपाल सेतो हुनबाट बचाउने घरेलु उपाय बताउँदैछौं ।

यसका लागि मात्र २ देखि ३ चम्चा शुद्ध नरिवलको तेल आवश्यक हुन्छ ।
प्रयोग गर्ने तरिका
१। नरिवलको तेललाई २० सेकेन्डसम्म तताउने
२। तताइसकेपछि कपालको जरामा लगाएर मसाज गर्ने
३। मसाज गरिसकेपछि श्याम्पू लगाएर पखाल्ने
४। यो तरिका सधैँ अपनाउनुहोस् र तपाईको कपाल सामान्य रुपमै कालो हुनेछ ।

कपाल कलर गर्दा ध्यान दिनु पर्ने कुरा

१. कपाल कलर गरिसकेपछि आफैले ओइल मसाज गर्ने गर्नु पर्छ ।

२. कपालमा कलर पछि ट्रिटमेन्ट क्रिम लगाउन बिर्सियो भने पनि कपाल बिग्रने सम्भावना हुन्छ ।

३. कलर लगाउँदा राम्रो ब्राण्ड र क्वालिटीको कलर प्रयोग गर्नु पर्छ ।

४. कलर लगाएर मात्रै कपाल राम्रो हुने होईन, त्यसैले हप्ता हप्तामा कपालको हाँगा काट्नु पर्छ । १५ दिन एक महिनाको समयान्तरमा मेहन्दी लगाउनु पर्छ ।

५. कपाल कलर गरेपछि छिटोछिटो धुनु हुँदैन । त्यसो गरेमा कपालको कलर छिट्टै फिका हुनसक्छ ।

६.कलर गरेर कपाल पखाल्दा चिसो पानीको प्रयोग गर्नु पर्छ । तातो पानीले धेरै कलर जान्छ |