गाईलाई सबैले पुज्ने गर्दछन किनकि गाईलाई लक्ष्मीको अवतार पनि भन्ने गरिन्छ । गाईको गहुत खादा धेरै रोगहरु ठिक हुन सक्दछ । गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ ।

रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका हुन् ।

गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फरमलडिहाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पुर्याउँछ भने इथिलिन अक्साइड र फरमलडीहाइड ग्यासले पर्यावरणमा नकारात्मक असर पुर्याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ ।

जर्सी गाईबाट आउने दूध, दही, घ्यू भने स्वास्थ्यका लागि त्यती उपयुक्त नभएको वैज्ञानिक अनुसन्धानबाट देखिएको छ । स्थानीय गाई, गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु कृत्रिम हुन् ।

स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई सोस्ने गर्छ । जुरोलाई सूर्य केतु नाडी भनिन्छ जसले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ ।

स्थानीय गाईको दूधमा ओमेगा—३ नामक तत्व पाइन्छ यसले स्मरण शक्ति बढाउँछ । सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि प्रकारका अर्बुद रोग हुन दिँदैन । गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ, जुन अर्बुदरोग निरोधक औषधि हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ ।

गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पुर्याउँछ ।

इटालीमा प्राजिइ विंगेडले गाईको गोबर क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमतायुक्त हुने जनाएको छ । नपुंसकता, चिड्चिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, मिर्गौला आदि रोग आधुनिक कृषि प्रणालीका उपज हुन् ।

गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मलको प्रयोग गरिएको खेतीबाट यस्ता रोग लाग्ने अनाज उत्पादन हुँदैन । अहिले युरोप र अमेरिकाका शहरमा समेत अग्र्यानिक (जैविक) खेती गर्ने क्रम बढेको छ ।

गाईको दुध राम्रो की भैंसीको ?

गाई र भैंसीको दुध मध्ये कुन स्वास्थ्यबर्धक होला ? हामी सबै अन्योलमा पर्छौ । देख्दा दुवै उस्तैं छन्, स्वाद पनि उस्तैं उस्तै हुन्छ । तर, गाईको दुधको तुलनामा भैंसीको दुध बाक्लो र प्रोटिन पनि बढी पाइन्छ । भैंसीको दुध विशेषगरी खीर, चियाको लागि बढी उपयुक्त हुन्छ भने गाईको दुध नवजात शिशुका लागि स्वस्थ्यबर्धक हुन्छ । किनकी गाईको दुधमा प्रोटिनको मात्रा कम र पातलो हुन्छ जुन नवजात शिशुले सहजै पचाउन सक्छन् । गाई र भैंसीको दुधमा हुने केही फरक यस्ता छन् –

  • गाईको दुधमा चिल्लो कम

गाईको दुधमा न्यून मात्रामा चिल्लो हुन्छ । जसका कारणले यो पातलो र यसमा कम फिँज हुन्छ ।

  • भैंसीको दुध बाक्लो

भैंसीको दुधमा क्याल्सियम बढी भैंसीकोदुधमा क्याल्सियमको मात्रा बढी हुने भएकाले हाइपरटेन्सन, मिर्गौला रोगीका लागि उपयुक्त हुन्छ ।

  • गाईको दुधमा ९० प्रतिशत पानी

गाईको दुध निकै पातलो हुन्छ । गाईको दुधका ९० प्रतिशतसम्म पानी हुन्छ । जसले शरीरमा आवश्यक पानीको मात्रा पुरा गर्न सहयोग गर्छ ।

  • पश्चिमाहरूको रोजाइमा गाईको दुध

संसारभर नै गाईको दुध प्रयोग गरिन्छ तर पश्चिमीमुलुकका मानिसहरू अन्य देशका तुलनामा गाईको दुध बढी खाने गर्छन । भारत, पाकिस्तानलगायत देशमा भैंसीको दुध बढी प्रयोग गर्छन |

दुध खाएपछि निम्न कुराहरू खानु राम्रो होइन 

१.कालो दालसँग दुध
हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।

२.दहीसँग दुध
दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस् । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

३.मूला, माछामासु जस्ता पदार्थसँग दुध
दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ ।

४.नुन र करेलासँग दुध
दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

५.तिलको सेवनसँग दुध
दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

६.कागतीसँग दुध
दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

७.सुत्नु भन्दा अघि तातो दुध
सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।