हामीले हाम्रो दैनिक जीवनमा खानाको निकै ध्यान दिनु पर्ने हुन्छ । जुन खानेकुरा सिधै हाम्रो स्वास्थमा प्रभाव पर्ने हुन्छ । हामीले कुन खाने कुरा कति बेला खाने भनेर जान्नु जरुरि हुन्छ नजानी खादा उल्टै हाम्रो शरिरलै फाइदा होइन नोक्शन पुर्याउन सक्छ ।

बिहान कस्तो खानेकुरा खाने हो, दिउसो कस्तो खाने जान्नुपर्छ । यहाँ हामीले राति सुत्ने बेलामा कुन खाना खानु हुदैन भनेर जानकारी दिएका छौ ।

खुर्सानीः

सुत्नुअघि धुलो खुर्सानी मिसाएको खानेकुरा खानु हुँदैन। राति धुलो खुर्सानी खाँदा एसिडिटी, उच्च रक्तचाप र कब्जियतको समस्या आउन सक्छ।

मासु:

मासु राति नखाँदा उत्तम। अधिकांशले मासु राति पकाएर खाने गर्छन्, जुन स्वास्थ्यका हिसाबले राम्रो होइन। राति मासु खाएर सुत्दा पाचन प्रक्रियामा समस्या आउन सक्छ।

मासुमा प्रोटिनको मात्रा बढी हुन्छ, जसले मोटोपना बढ्छ। यस्तै, राति मासु खाएर सुत्दा अपच हुने र निद्रामा समस्या आउने पनि हुन्छ।

फ्रुटजुसः

फ्रुट जुसमा एसिडिटी हुन्छ। राति फलफूलको जुस खाँदा डायबिटिज र पेट पोल्ने समस्या आउँछ।

चकलेटः

चकलेटमा सुगर र फ्याटको मात्रा बढी हुन्छ। विशेषगरी बच्चाहरुले चक्लेट जुन समयमा भेटे पनि खाइदिन्छन्। चकलेट दाँतमा टाँसिएर रातभरि बस्यो भने त्यसले बच्चाको दाँत बिगार्छ।

त्यसैले सुत्नेबेलामा खाएको चकलेटले हानी पुर्याउँछ। राति खाएको चकलेटले एसिडिटी बढाउँछ भने निद्राको समस्या आउन सक्छ।

पास्ताः

पास्तामा धेरै कार्बोहाइड्रेड हुन्छ। राति पास्ता नखाँदा राम्रो। धेरै कार्बोहाइड्रेड भएको खाना खाएर सुत्दा मानिसको तौल बढ्ने हुन्छ। तसर्थ तौल नियन्त्रणका लागि पनि राति पास्ता खानु उचित होइन।

पिजाः

बेलुका एसो रेस्टुरेन्टतिर घुमेर पिजा खाएर आउने अनि सुत्ने चलन सहरमा बढ्दो छ। तर पिजामा पाइने अधिक क्यालोरीले गर्दा राति खाँदा शरीरलाई फाइदा पुर्‍याउँदैन।

शरीरलाई चाहिनेभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खाएर सुत्दा मोटोपना नियन्त्रण हुँदैन। पाचन प्रक्रियाका पनि समस्या आउन सक्छ।

हामीले दिएको जानकारी कस्तो लाग्यो ? ज्ञानविज्ञान हेर्ने र सेयर गर्न नभुल्नु होला ।

स्वास्थको सहयोगमा 

Topics #खानु नहुने खानेकुरा #सुत्नेबेलामा