धेरै जसो मानिसहरुले अरुको सामान प्रयोग गर्छन तर त्यो राम्रो बानि होइन । जसले स्वास्थमा असर पुर्याउछ । झन् आझभोलिका युवा युबातीहरु त लुगा साटी साटी लगाउछन् जुन राम्रो होइन ।

ओछ्यान –

आरुको ओछ्यानमा सुत्नु पनि वास्तु दोष मानिन्छ । यसो गर्नाले सुत्ने व्यक्तिसँग सधै झगडा वा अन्य धनलाई लिएर समस्या बेहोर्नु पर्छ भनिन्छ ।

धन –

कसैको धनमा आँखा लगाउनु वा सापटी लिएर फिर्ता नदिने गर्नु मानिसका लागि आर्थिक समस्याको कारण बन्नसक्छ । त्यसैले, कसैको सापट लिएपछि अवश्य फर्काउनुहोस् ।

कपडा –

अर्कोको कपडा मागेर प्रयोग गर्नु पनि तपाईका लागि धेरै किसिमका समस्या र दुखहरुको कारण बन्न सक्छ । त्यसैले अरुको कपडा मागेर नलगाउनुहोस् ।

कलम –

तपाईलाई याद छ, साथीलाई कति ओटा कलम मागेर फर्काउनु नै भएन ? यस्तै धेरै हुन्छ , कि कसैको कलम सापट लिएर फिर्ता दिनै भुलिन्छ । तपाईका लागि यस्तो नगर्नु राम्रो हुन्छ । आर्थिक समस्याको कारण बन्न सक्छ । त्यसैले भूलेर पनि कसैको कलम आफ्नो साथमा नराख्नुहोस् ।

रुमाल –

अन्य व्यक्तिको रुमाल प्रयोग गर्नु दुई व्यक्तिबीच तनाव वा झगडाको कारण बन्छ । अरुको रुमाल प्रयोग गर्दा लगातार पैसाको नोक्सानको सामना गर्नु पर्ने हुनसक्छ ।

घडी –

हातमा लगाइने घडीले व्यक्तिमा राम्रो अथवा नराम्रो शक्तिलाई सार्छ । दोस्रोको घडी लगाएमा काममा असफलता तथा आर्थिक नोक्सान हुनसक्ने हुन्छ ।

त्यसैले यी माथि दिएका कुराहरु सकेसम्म आरुको प्रयोग नगरेको नै राम्रो । हामीले दिएको जानकारी कस्तो लाग्यो ? ज्ञानविज्ञान हेर्ने र सेयर गर्न नभुल्नु होला ।

स्वास्थको सहयोगमा 

Topics #कहिल्यै अरुको प्रयोग गर्नुहुदैन