तोरी एक तेलहन बाली हो। नेपालको पहाडी या समथर भूभागमा यसको प्रशस्त खेती गरिन्छ। यो नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ।

तोरीको सागले विश्वास नै नगर्ने फाइदा गर्छ । धेरै मात्रामा खनिज र भिटामिन हुने यस सागमा थोरै मात्र क्यालोरी हुन्छ । नियमित रुपमा तोरीको साग खाँदा शरिरमा पोषणको मात्रा बढाउ, उर्जा प्रदान गर्छ । भिटामिन, खनिज, डाइटयुक्त फाइबर र प्रोटिनको मिश्रणले हुने भएकाले सागका धेरै फाइदा छन् ।

1.एन्टिअक्सिडियन्ट : तोरीको सागमा भिटामिन के, भिटामिन ए र भिटामिन सी गरी तीन ओटा ठूला एन्टिअक्सिडियन्टको मात्रा हुन्छ । यसमा आइरन, भिटामिन एम र भिटामिन इ पनि पाइन्छ ।

भिटामिन इ, सी र एले कोषलाई क्षति गर्ने अणुहरुलाई नष्ट गर्न सहयोग पुर्याउँछ । साथै यसले दम र मुटु रोग लागेका बिरामीलाई फाइदा गर्नुका साथै पिरियड समाप्त भएपछि देखिने समस्या रोक्छ ।

2.मदिरा र ड्रग्सको कुलतको बिष हटाउँछ : तोरीको हरियो सागमा पाइने एन्टिअक्सिडियन्ट र सल्फरले विषालु पदार्थलाई हटाउँछ, क्यान्सरको सम्भावना कम गर्छ र अन्य दिर्घकालिन रोगलाई निको बनाउन मद्धत गर्छ ।

3.क्यान्सरबाट बचाउछ : एन्टिअक्सिडियन्ट र अनुत्तेजक तत्वका कारण यो सागको नियमित सेवनले क्यान्सरबाट बचाउँछ । यसले ब्लाडर, कोलोन, स्तन, फोक्सो, प्रोस्ट्रेट र अन्डासयको क्यान्सरबाट बचाउँछ ।

4.स्वस्थ मुटु : तोरीको साग स्वास्थ्य मुटुको पर्याय नै हो । यसले कोलेस्ट्रोलको तह घटाउने र फोलिक एसिड (भिटामिन एम) को मात्रा बढाउँछ ।

5.फाइबरयुक्त पोषण : यो साग पोषणयुक्त फाईबरको मुख्य स्रोत पनि हो । यसले मलाशयलाई राम्रो गर्छ, मेटाबोलिजमलाई व्यवस्थापन गर्छ र पाचन प्रणालीलाई समेत सहयोग गर्छ ।

6.हड्डी रोगबाट बचाउँछ : क्याल्सियम र पोटासियमको महत्वपूर्ण स्रोत यो सागले हड्डीसँग सम्बन्धित प्राय सबै समस्याबाट मुक्त गराउँछ ।

7.तौल घटाउँछ : उच्च मात्रामा फाइबरयुक्त पोषण भएको यस सागले मेटाबोलिजमलाई व्यवस्थापन गर्न र तौल घटाउन पनि मद्धत गर्छ ।

8.फोक्सो स्वस्थ बनाउँछ : सूर्तीमा हुने क्यान्सरजन्य तत्वले भिटामिन एको कमि बनाउँछ । जसले पछि गएर फोक्सोमा समस्या ल्याउँछ ।

तर भिटामिनयुक्त प्रशस्त खानेकुरा खाएर यो चक्रलाई उल्टाउन सकिन्छ । स्वस्थ फोक्सो बनाउन तोरीको साग उत्तम उपाय हो ।

9.मानसिक स्वास्थ्यमा सुधार ल्याउछ : जब हामी बृद्ध हुदै जान्छांै हाम्रो मानसिक क्षमतामा पनि बिस्तारै हस आउछ ।

अध्ययन अनुसार दिनमा तीन पटकसम्म हरियो सागसब्जी खाँदा मानसिक क्षमताको हसमा ४० प्रतिशतले घट्छ । दम रोगीलाई सहयोग गर्छ : यो साग दम रोगीका लागि पनि उत्तिकै लाभदायक हुन्छ ।

औषधोपचार

1.कुनैपनि घाउ, खटिरा वा काटेकोमा
राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

2.साधारण चिलाउने रोगमा
१ डाडु तोरीको तेलमा १ चम्चा जीरा र आधा चम्चा सिंदुर हालेर डडाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।