दाँत किन हुन्छ पहेँलो र कालो हुन्छ ? ब्रस नगर्दा स्वास्थ्यमा हुने खतराहरु र दाँत तथा स्वस्थ गिँजा राख्ने उपायहरू

दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । दाँतले चपाएरै खानेकुरा खाइन्छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ ।

दाँत किन हुन्छ पहेँलो र कालो? यस्ता छन् दाग हटाउने उपाय

दाँतमा बस्ने दाग प्रायः दुई किसिमका हुन्छन, बाहिरी र भित्री।

बाहिरी दाग प्रायः अस्थायी हुन्छन् र मेसिनले सफा गर्दा हट्छ। भित्री दाग भने हट्दैन र यिनीहरु स्थायी हुन्छन् र यसले सम्पूर्ण दाँतको रङ नै परिवर्तन गरिदिन्छन्। दाँतमा दाग बस्ने र रङ परिवर्तन हुने कारणहरु निम्नानुसार छन्:

बाहिरी दागका कारणः कफी, चिया, केही ठाउँका जमिनमुनिको पानीको प्रयोग, रक्सी, खैनी र चुरोटको सेवन आदिले दाँतको बाहिरी भागको इनामेलमा दाग बस्छ। दाँत राम्ररी सफा नगर्नाले र कुनैकुनै मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाग बसेर दाँत नराम्रो देखिन्छ।

भित्री दागका कारणः क्यानसरको उपचारमा प्रयोग हुने औषधि, साइकोसिसमा प्रयोग हुने औषधि, एलर्जीको औषधि, फ्लोराइडको चाहिनेभन्दा बढी प्रयोगले गर्दा दाँतको भित्री भागमा दाँग बस्छ।

यस्तै आमाले गर्भावस्थामा विभिन्न औषधिको सेवन गर्दा र आमा र बच्चाले बच्चाको दाँत बन्दै गरेको बेला प्रयोग गर्ने विभिन्न औषधिले पनि दाँतको भित्री भागमा दाग बस्छ। यसैगरी, चोटपटकका कारण दाँतको नशा मरेर दाँतको रङमा स्थायी परिवर्तन आउन सक्छ। नशा मरेको दाँतको जरैदेखि उपचार गरेपछि पनि दाँतको रङमा परिवर्तन आउँछ।

दाँत सफा (ब्रस) नगर्दा स्वास्थ्यमा यस्तो खतरा

दाँत सफा नगर्दा दाँतमा किरा लाग्ने वा बिग्रने मात्र नभएर गिजा सम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । कुनै कुनै केसमा त किराले दाँत प्वाल पार्नेमात्र होइन दाँतलाई जरासम्म जोड्ने हाडसमेत नष्ट हुन्छ । ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ, अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ र इन्फेक्सन हुन्छ । त्यतीमात्र नभएर हाम्रो सिङगो शरिरलाई यस्तो रोग लगाउछन् ।

1.मुटुसम्बन्धी रोगः मुख र दाँत सफा नगर्दा मुटुसम्बन्धी रोग लाग्छ । मुखमा उत्पन्न हुने ब्याक्टेरिया र दाँत सफा नगर्नुबीच सम्बन्ध छ ।

दाँत सफा नगर्दा मुखमा उत्पन्न हुने ब्याक्टेरिया हाम्रो शरीरको रक्त प्रवाहमा मिसिन्छ र पाचन प्रणालीलगायत विभिन्न प्रणालीमा असर पार्न सक्छ । मुख र दाँत सफा नहुनुको परिणामस्वरुप मुटुसम्बन्धी रोग, मस्तिष्कघात र अल्जाइमर्स डिजिज लाग्न सक्छ ।

2.बच्चा जन्मनमा समस्याःदाँत सफा गर्नु गर्भवतीका लागि अझ बढी महत्वपूर्ण छ । किनभने गर्भवतीले दाँत सफा नगर्दाको असर गर्भमा समेत पर्छ । दाँत सफा नगर्नुको असर गर्भको बच्चाको वजन थोरै हुने, समय नै नपुगी जन्मने र हुनुपर्नेजस्तो शारीरिक विकास हुँदैन ।

3.मधुमेहःदाँतको सफाइ नगर्दा मधुमेह उत्पन्न हुनसक्छ । जर्नल अफ अमेरिकन डेन्टल एसोसिएसनमा प्रकाशित एउटा अध्ययनले गिजासम्बन्धी रोग र मधुमेहबीच सम्बन्ध रहेको पत्ता लगाएको छ।अध्ययनले एउटा भएका कारणले अर्को हुने भनेर ठोकुवा नै गरेको छैन ।

4.मस्तिष्कघातः दाँत सफा नगर्दा उत्पन्न हुने प्लेक रक्त प्रवाहमा प्रवेश गरेपछि रक्त नलीमा समेत प्लेक जम्मा हुन्छ । यसले मस्तिष्क र मुटुमा रक्त प्रवाहमा अवरोध गर्छ । फलस्वरुप मस्तिष्कघात र हृदयघात हुनसक्छ।

सुन्दर दाँत र स्वस्थ गिँजा होस् भन्ने चाहनुहुन्छ? यी १० उपायहरू अपनाउनुहोस्।

१. भोजन आहारमा ध्यान दिनुहोला तपाईँले जे खानुहुन्छ, त्यो कुरा दाँतमा गएर अड्किने गर्दछ। त्यसैले धेरै वाइन, कालो चिया अथवा चुरोट खानुभएको छ भने दाँत सफा रहन्छ भन्ने आस नगर्नुहोस्। तै पनि दाँत सफा र चम्किलो राख्न चाहनुहुन्छ भने दाँत फोहोर गर्ने खानेकुरा खाइसकेपछि अवश्य दाँत माझ्नुहोला।

२. दाँत माझ्दा गुन्गुनाउनुहोला अनुसन्धानको अनुसार हाम्रो दाँतलाई कमसेकम २ मिनेट जति माझ्दा पर्याप्त हुन्छ। त्यसैले दाँत माझ्दा घडी हेर्नुहोस् वा टाइमर राख्नुहोस् अथवा २ मिनेट लामो गीत गुन्गुनाउनुहोला।

३. टुथब्रसलाई पेन्सिलजसरी समात्नुहोला के तपाईँले टुथब्रसले कार सफा गर्नु लाग्नुभएको हो र? हैन भने, पक्कै पनि धेरै मज्जाले नै ब्रस गर्नुहुँदैछ। अनुसन्धानको अनुसार, धेरै बल लगाएर दाँत माझ्नु, दाँत सफा गर्ने उपाय होइन।

ब्रस समात्ने उचित तरिका आफ्नो ब्रसलाई गिँजासँग ४५ डिग्रीको कोण बनाएर माझ्नु र बिस्तारै आरामले माझ्नु हो।

४. दिनहुँ एक कप चिया पिउनुहोला चियामा हुने ‘फ्लाभोनोइड्स’ तथा अरू तत्वहरूले दाँतमा अड्किले ब्याक्टेरियाहरूलाई मार्दछ र दाँतलाई किराले खानबाट पनि बचाउँदछ।

५. ब्रस परिवर्तन गर्नुहोला कम्तिमा २ महिनापछि आफ्नो पुरानो ब्रसलाई परिवर्तन गर्नुहोस्, नत्र फेरी आफ्नो दाँतको किटाणु आफ्नै दाँतमा सर्न सक्दछ।

६. जिब्रो सफा गर्नुहोला दाँत माझ्दा सँधै जिब्रोलाई पनि सफा गर्नुहोला। दुर्गन्धित सास निकाल्ने मूख्य तत्व भनेको जिब्रोमा भएको फोहोरहरू हो। ब्रसले जिब्रोलाई घोट्नुभन्दा जिब्रेको प्रयोग गर्नु उचित हुन्छ।

७. चिनीको प्रयोग कम गर्नुहोला यदि तपाईँ प्रौढ हुनुहुन्छ भने पनि चिनी भएको खानेकुराहरू कम खानुहोस्। चिनीको अधिकतम प्रयोगको कारण जिब्रोमा फोहोर जम्ने, दाँतमा लेउ लाग्ने र दाँत किराले खाने हुन सक्छ, त्यसैले चिनीयक्त खानेकुराको न्यून सेवन गर्नुहोला।

८. दाँतलाई सफा गर्ने खानेकुराहरू खानुहोला स्याउको सेवन नियमित गर्दा दाँतमा भएको किटाणुहरूलाई नष्ट गर्दछ। गाँजर, काँचो र दुधिलो मकै पनि दाँत सफा राख्ने खानेकुरामा पर्दछ।

९. दाँतले चपाउने काम मात्रै गर्नुहोला ब्यागमा सँधै बोटल ओपनर अथवा कैँची राख्नुहोस्। यदि तपाईँसँग सही साधन साथमा छ भने दाँतले बोटल खोल्ने दुस्प्रयास गर्नुहुँदैन।

१०. पानी नियमित र धेरै मात्रामा पिउनुहोला जहाँ भएपनि पानीलाई साथमा राखनुहोस्। हरेक १\२ घन्टामा पानी पिउनुहोस्, यसले गर्दा दाँतमा फोहोर जम्न पाउँदैन।

दाँतको पहेलोपन हटाउने केहि घरेलु औषधी

१.नुन मा केहि थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

२.केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस र यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ ।

३.तुलसीमा दाँतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ , तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर केहि दिनमै चमक आउन थाल्छ ।

४.कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि हटेर जान्छ अनि स्वस्थ्यलाई पनि निकै फाईदा जनक छ ।

५.सुन्तलाको बोक्रा र तुलसीको पात लार्इ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् र दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।

६.नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ यो दिनहु नीमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ ।