मानिसको शरीरमा कुनै पनि रोग लाग्नु राम्रो होइन । त्यसै माथि मुटुको रोग सबै भन्दा खतरनाक मानिन्छ । मानिसहरुको मनमा अझै पनि के भ्रम छ भने मुटुरोग लाग्यो भने मरिन्छ तर त्यसो होइन आफुले आफ्नो ख्याल राख्यो भने केहि पनि हुदैन ।

त्यसैले मुटुरोगबाट बच्न यी कुरामा ध्यान दिनुहोस्ः

– दैनिक ३० मिनेट छिटो छिटो हिंडने, ब्यायम गर्ने, योग गर्ने ।

– अरुलाई सहयोग गर्ने माया गर्ने । सामाजिक कार्यमा लाग्ने ।

– नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने ।

– चुरोट, बिंडी, सुर्ती, खैनी गुड्खा जस्ता सूर्तिजन्य पदार्थको प्रयोग नगरौँ ।

– उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदि रोगलाई पालेर नराख्ने तुरुन्त उपचार गर्ने ।

– दैनिक ६–८ घण्टा सुत्ने ।

– बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने ।

– मोटो शरीर भए तौल घटाउने ।

– हरियो तरकारी र फलफुल प्रशस्त खाने । नून, चिनी कम खाने ।

– पिर चिन्ता नलिने, कसैसंग नरिसाउने, उत्तेजनामा नआउने, नझर्किने ।

त्यसैले बेलामै मुटु सम्बधि उपचार गर्यो भने केहि पनि डराउनु पर्दैन ।

तपाईलाई हामीले दिएको जानकारी कस्तो लग्यो ? ज्ञानबिज्ञान हेर्न अनि सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा