मानिस स्वास्थ रहन केहि नियमहरु पालना गर्नु पर्छ । असल जीवनशैलीले स्वास्थ्य राम्रो बनाउँछ। स्वास्थ रहनका लागि खानपानमा मात्र ध्यान दिएर हुदैन ।

तल दिएका उपाय अपनाउनुहोस र स्वास्थ रहनुहोस् ।

बिहान छिटो उठ्ने

ढिलो गरी सुत्दा र बिहान ढिलो उठ्दा स्वास्थ्यमा ठूलो समस्या आउँछ। बिहानको समयमा व्यायाम र ध्यान गर्दा स्वास्थ्य राम्रो रहन्छ । यसो गर्दा दिनभरि ताजा रहनुहुनेछ।

हरियो सागपात खाने

सलाद, जुस र फलहरू समावेश गर्नुस् । यसले पाचनप्रक्रिया राम्रो बनाउँछ।

नुहाउनुअघि मसाज

हरेक दिन नुहाउनुअघि नरिवल वा जैतून तेलले शरीरको मसाज अवश्य गर्नुस् । यसले शरीर फुर्तिलो राख्छ । अनि छालाको समस्या पनि समाधान हुन्छ।

रातिको खाना

राति सधैं हल्काफुल्का खाना खानुपर्छ । भारी भोजनले पाचन प्रक्रियामा समस्या ल्याउँछ । राति सलाद खाने बानी बसाल्नुस्।

मोबाइलबाट टाढा

राति आराम गर्ने समय हो। राति फोन चलाउन थाल्नुभयो भने मन डुल्न थाल्छ र निद्रामा समस्या आउँछ । राति सामाजिक सञ्जाल नचलाउनुस् र छिट्टै सुत्नुस्।

माथि दिएको जानकारी तपाइलाई कस्तो लग्यो ? ज्ञानबिज्ञान हेर्न र सेयर गर्नु नभुल्नुहोला ।

स्वास्थको सहयोगमा 

Topics #अपनाएर स्वस्थ रहनुस्