केरालाई मन नपराउने सायद मानिसनै हुदैन होला । यो फल बाल बच्चादेखि लिएर बृद समेतले मन पराउछन् । केरा खानमा पनि निकै स्वदिस्ट हुन्छ ।

विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लािग निकै लाभदायी मानिन्छ । केरा त्यसै पनि खान सकिन्छ ।

स्वास्थ्यमा फाइदै–फाइदा

कब्जियत हटाउँछ

यसमा फाइबरको मात्रा प्रचुर हुने भएकाले दिसा सजिलै गराउँछ । यसले आन्तरिक पाचन प्रणाली पनि सुधार्छ र कोलोरेक्टल क्यान्सर हुन दिँदैंन ।

अल्सर निको पार्छ

लामो समयदेखि केरा एन्टासिड खाद्यपदार्थको रुपमा प्रयोग हुँदैं आएको छ । यसमा भएका तत्वले पेटका कोषिकाका क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैंन ।

यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ ।

मिर्गौलामा समस्या निम्तन दिँदैंन

केराले शरीरमा तरल पदार्थको सन्तुलनमा नियमितता ल्याउन मद्धत गर्ने भएकाले मिर्गौलामा समस्या निम्तन दिँदैंन । यसमा भएको एन्टीअक्सिडेन्टले मिर्गौलाले गर्ने काममा सकारात्मक असर गर्छ र विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत गर्छ ।

तौल घटाउँछ

केरा तौल घटाउन निकै लाभदायी मानिन्छ । यसमा ९० क्यालोरीमात्र हुन्छ । प्रशस्त मात्रामा फाइबर हुने हुनाले सजिलै पच्छ । यसमा चिल्लो पदार्थ हुँदैंन ।

यसैले मोटोपना भएको मानिसले केरा खानु फाइदाजनक नै हुन्छ । यसले भोक लाग्ने हर्मोन पनि सिर्जना गर्ने हुनाले भोक जाग्छ ।

हड्डी मजबूत पार्छ

फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले यसले हड्डी मजबूत पार्छ । यसले पाचनप्रणालीमा असल ब्याक्टेरिया सिर्जना गरी शरीरले खनिज र पोषक तत्व लिने क्षमतालाई मजबूत बनाउँछ । क्याल्सियमजस्ता तत्व लिने क्षमता वृद्धि गृर्छ ।

सुन्निएको निको पार्छ

केरामा ‘एन्टी इन्फ्लामेटोरी’ तत्वहरु हुन्छन् । यसको अर्थ के हो भने यो प्राकृतिक रुपमै सुन्निएको निको पार्छ भने आर्थराइटिस र युरिक एसिडमा लाभदायी हुन्छ ।

पोषक तत्व नपाएको अवस्था र वृद्ध अवस्थामा यस्ता समस्या देखिन्छ । त्यसैले दैनिक रुपमा केरा खाँदा यस्ता समस्या हट्छन् ।

तौल बढाउन पनि उपयोगी

केरा तौल बढाउन पनि उपयोगी हुन्छ । दूधसंग केरा खानाले तीब्र रुपमा तौल बढ्छ । दूधले आवश्यक प्रोटीन दिन्छ भने केराले चिनीको मात्रा उपलब्ध गराउँछ ।

यो सजिलै पच्ने भएकाले कम तौल भएको मानिसले दैनिक ५–६ कोसा केरा खानाले करिब ६ सय क्यालोरीसम्म प्राप्त हुन्छ, जसले गर्दा तौल बढ्न मद्धत पुग्छ । यसले शक्ति प्राप्त हुन्छ । खेलाडीले पनि थप उर्जा प्राप्त गर्न ब्रेकका बेला केरा खाने गर्छन्।

पायलको समस्या हटाउँछ

यदि दिसा सजिलै नआउने समस्या या पायल्स छ भने केरा यसको सही उपचार हो । केरा सूजनाप्रतिरोधी भएका कारण पायल्सको समस्या हटाउन मद्धत गर्छ ।

 

यसका साथै केरा दृष्टि शक्तिमा फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले पनि मुटुका रोगीलाई फाइदा गर्छ, उच्च रक्तचाप घटाउन मद्धत गर्छ । उच्च आइरन हुने भएकाले रक्तअल्पता हुन दिँदैन ।

तपाइलाई हामीले माथि दिएको जानकारी कस्तो लाग्यो ? ज्ञानबिज्ञान हेर्न र सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा 

 

Topics #केराका फाईदा