शरीरको सबैभन्दा प्रमुख अङ्ग भनेको आखा हो । यो सबै भन्दा सम्बेदनशिल आङ्ग हो । तर पनि धेरै मानिसको आखा कम्जोर हुन्छ ।

आयुर्वेदका यस्ता केहि घरेलु उपचार छन्, जसको प्रयोगले आखाको तेज बढ्दै जान्छ ।

१. ग्रीन टि—

दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनाले यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आँखालाई स्वस्थ राख्दछ ।

२. अमला—

सुकाएको अमलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आँखा सफा गर्नुस् । यसो गर्नाले आँखा स्वस्थ रहन्छ ।

३. घिउ—

घिउले आँखी भौ तथा कन्चडतिर ५ १० मिनेट मसाज गर्नाले आँखाको तेज बढ्दै जान्छ ।

४. जीरा—

जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आँखाको ज्योति बढाउछ ।

५. हरियो साग—

रायो, मेथि, पालुङ्गो लगायतका हरियो सागपात खानाले आँखाको तेज बढ्दै जान्छ ।

६. आँखालाई चिसो पानीले धुनुस्

। त्यसपछि चिसो पानी तथा गुलाब जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आँखा स्वस्थ रहन्छ ।

७. बदाम—

६–७ दाना बदाम राति पानीमा भिजाएर राख्नुस । यसलाई हरेक दिन विहान नियमित रुपमा खाने गर्नाले आँखालाइ फाइदा गर्दछ ।

८. त्रिफला—

अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आँखा सफा गर्नाले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ ।

९. गाजर—

गाजरमा भिटामिन वि र सी पाइने भएकाले नियमित रुपमा गाजर सेवन गर्नाले तथा यसको जुस पिउनाले आँखाको ज्योति बढ्दै जान्छ ।

१०. सर्स्युं—

सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आँखाका मांसपेशीलाई बलीयो बनाउदछ ।

स्वास्थको सहयोगमा 

Topics #आखाको तेज बढ्दै #घरेलु उपचार