उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर कतिपय उमेर पुगीसकेकाहरुको पनि अनुहार कलिलै र चाउरी रहित हुन्छ ।

छाला किन चाउरी पर्छ ?

छाला चाउरी पर्नुका मुख्य दुई कारण छन् । पहिलो हो घामले गर्ने क्षति र दोस्रो उमेरअनुसार आउने परिवर्तन ।

छालामा हुने कोलाजेनले छालाको संरचना दुरुस्त राख्ने काम गर्छ । तर, निरन्तर घाम पर्नाले कोलाजेनको मात्रा घट्छ । यसको मात्रा घटेसँगै छाला चाउरी पर्न थाल्छ । यसका साथै उमेर सँगसँगै पनि छाला पातलो, सुख्खा हुन्छ र लचकता गुमाउँदै जान्छ । यसपछि छाला फेरि पुरानै अवस्थामा फर्काउन कठिन हुन्छ ।

सुरुमा हाम्रो आँखा, गाला, निधार, आँखीभुइँ जस्ता भागको छाला चाउरी पर्न थाल्छ । किनभने यी सबै ठाउँ खुला हुने भएकाले घाम नियमित रुपमा परिरहेको हुन्छ । त्यसपछि प्रदुषण, धूमपान, बढी वजन, पानीको कमी, भोजन, तनाव र जिउने शैलीको प्रभावले छाला छिटै चाउरी पर्न थाल्छ ।

चाउरी हटाउने घरेलु विधि 

१. मेवा
पाकेको मेवाको पेस्ट बनाएर अनुहार र घाँटीमा लगाउने र १५ मिनेटपछि धुने ।
. काँक्रो
काँक्रोको पेस्ट बनाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने ।
३. भुइँकटहर
पाकेको भुइँकटहरको पेस्ट बनाइ अनुहारमा लगाउने र १० मिनेटपछि धुने ।
४. दूध पाउडर र मह
एक कप मनतातो पानीमा चार चम्चा दूध पाउडर र दुई चम्चा मह मिसाई अनुहारमा लगाउने र सुकेपछि पखाल्ने ।
५. कागती र मह
कागतीको रस र महको पेस्ट बनाई अनुहारको मसाज गर्ने र १० मिनेटपछि धुने । यसो गर्दा अनुहारको चाउरी हराउँदै जान्छ ।
६.जैतुनको तेल
जैतुनको तेलले पाँचदेखि १० मिनेटसम्म बिस्तारै अनुहारको मसाज गर्ने र त्यसपछि अनुहार धुँदा पनि चाउरी कम हुँदै जान्छ ।
७.नरिवल तेल
दुई चम्चा नरिवलको तेललाई मनतातो बनाएर अनुहार मसाज गर्ने गर्नाले पनि चाउरी कम हुन्छ ।
८.केरा
पाकेको केराको पेस्ट बनाइ अनुहारमा लगाउने र ३० मिनेटपछि धुने ।
९.गोलभेँडा
पाकेको गोलभेँडाको पेस्ट बनाई अनुहारमा दलेर १० मिनेटपछि पखाल्ने । यसले पनि चाउरी कम गर्न मद्दत गर्छ ।

अरु सरल उपायहरु 

१. घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसिडले अनुहारको छालाको कोषलाई बलियो बनाउँछ र समयमै च्याउरी पर्न वा धोल्लो हुनबाट बचाउछ ।

२. एक टुक्रा अदुवालाई मसिनो गरी पिस्नुहोस र त्यसमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खानुहोस् । यसले अनुहारको छालाको कसिलो बनाउने कोलेजेसनलाई टुट्नबाट बचाउँछ । यसले अनुहारमा धर्सा आउन र छला झोल्लिनबाट जोगाउँछ ।

३. साँझ एक मुठी आलमोन्ड काँचो दुधमा भिजाउनुहोस् । बिहान उठेपठिे बोक्रा फालेर आल्मोन्ड पिसनुहोस र पेस्टलाई अनुहारमा दल्नुहोस । आधाघन्टापछि अनुहार मन तातो पानीले सफा गर्नुहोस् । तपाईको छला जवान व्यक्तिको जस्तै देखिन्छ । जैतुनको तेलले अनुहार सफा गर्नुहोस् । यो तेलमा भिटामिन ए र ई हुन्छ जसले छालालाई कसिलो बनाउँछ ।

 यी ५ फलफुलले बचाउँछ छाला चाउरी पर्नबाट 

१. सुन्तला

सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका विबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ ।

२. स्याउ

स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन मद्दत गर्छ । त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।

३. मेवा

पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छन ै। मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ।

४. खरबुजा

खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

५. अनार

अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स (आरबीसी) हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिज हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।