गर्भावस्था एकदमै सम्बेदनशिल समय हो । यस बेला प्रत्येक गर्भावाती महिलाले आफ्नो शरीरको ख्याल राख्नु पर्छ । आफ्नो घर परिवारका सबै सदास्यले पानी गर्भावाती महिलाको बिषेश ख्याल राख्नु पर्छ ।

यस अवस्थामा के खादा आमा र बच्चालाई फाईदा गर्छ जान्नु पर्ने हुन्छ । हामीले गर्भावस्थामा अण्डा खादा के फाईदा हुन्छ तल दिएका छौ :

१. अण्डामा ७० क्यालोरी बराबरको इनर्जी हुन्छ । जसले गर्भवती महिलालाई आवश्यक पर्ने क्यालोरी आपूर्ति गर्छ ।

२. अण्डामा पाइने कोलिन तथा ओमेगाथ्री फ्याटी एसिडले बच्चाको समग्र बिकासमा मद्दत गर्छ ।

३. यदि गर्भवती महिलालाई झाडापखाला, बान्ता भयो भने त्यस अवस्थामा भने नखानु राम्रो हुन्छ । तर अन्य अवस्थामा भने खाँदा फाइदाजनक हुन्छ ।

४. अण्डामा प्रशस्त मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ हुनुका साथै शरीरलाई आवश्यक पर्ने सेलेनियम, जिंक, भिटामिन ए , डि लगायतका पौष्टिक तत्व हुन्छ जसले गर्भवती महिलालाई फाइदाजनक हुन्छ ।

५. गर्भमा रहेको बच्चाको हरेक कोशिकाहरु प्रोटिनले बनेको हुन्छ जसले गर्दा गर्भावस्थमा अण्डाको सेवन गर्नाले भ्रुणको बिकास राम्रोसंग हुन्छ ।

६. अण्डामा सबै प्रकारका १२ भिटामिनका साथै लवण पाइन्छ जसले बच्चमा मानसिक समस्या हुने जोखिम कम गर्छ र बच्चाको मस्तिष्कको बिकास हुनमा मद्दत गर्छ ।

Topics #गर्भावस्थामा अण्डा