आलूबखरा एक मौसमी फल हो । यो गर्मि मौसममा बजारमा पाउन सकिन्छ । यसको सेवनले शरीरलाई चाहिने आवश्यक पोषक तत्वहरु प्राप्त हुन्छ । त्यसैले यसको सेवन गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

आलूबखराका लाभदायी गुणहरु :

१. आलूबखराको नियमित सेवनले पेट सम्बन्धी समस्या बाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट बचाउँछ ।

२. यसमा भएको भिटामिन सी, ए तथा बिटा क्यारोटिनले आँखालाई तेजिलो बनाउनुका साथै त्वचा स्वस्थ राख्नमा मद्दत गर्छ ।

३. यसको नियमित सेवन गर्नाले उच्च रक्तचाप तथा हृदय रोगको सम्भावनालाई कम गर्छ । साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

४. यसको सेवनले महिलामा हुन स्तन क्यान्सरबाट बचाउनुका साथै ट्यूमर बढ्नबाट रोक्छ ।

५. आलूबखरा नियमित सेवनल गर्नाले तथा यसको गुदी मुहारमा लगाउनाले मुहारमा प्राकृतिक चमक आउनुका साथै त्वचामा आवश्यक पोषक तत्व पैदा गर्छ ।

६. यसमा एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ जसले त्वचाका साथै मस्तिष्क स्वस्थ राख्छ र मानसिक तनाव कम गर्न मद्दत गर्छ ।

७. १०० ग्राम आलूबखरामा लगभग ४६ क्यालोरी हुन्छ जसले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

८. यसको नियमित सेवनले शरीरलाई चाहिने आवश्यक पोषक तत्व प्राप्त गर्न सकिन्छ ।

९. यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले शरीरका बिभिन्न अंगहरुलाई क्रियाशिल बनाउन मद्दत गर्नुका साथै पाचन क्रियालाई मजबुत बनाउँछ ।

स्वास्थको सहयोगमा 

Topics #आलूबखराका लाभदायी गुण