स्वास्थ्यको लागि एकदमै लाभदायक मानिन्छ धनिया । अचारमा होस् वा तरकारीमा धनियाको मिश्रणले स्वाद दोब्बर बढाउँछ । धनियालाई तरकारी र अचारमा मात्र होइन, जुसको रुपमा पनि सेवन गर्न सकिन्छ ।

यसका फाइदाहरु यस प्रकार छन्ः

१. हड्डी बलियो बनाउँछ

धनियाको जुसको सबैभन्दा ठूलो फाइदा भनेको धनियामा भरपुर मात्रामा कैल्सियम पाइन्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउँछ । साथै भाँचिएको हड्डी जोड्न पनि मद्दत गर्छ ।

२. संक्रमणबाट बचाउँछ

धनियामा एन्टीसेप्टिक गुण हुन्छ, जसले शरीरलाई विभिन्न प्रकारका संक्रमणबाट बचाउँछ ।

नियमित रुपमा धनियाको जुसको सेवनले पानी तथा खाद्यानको सेवनले शरीरमा हुनसक्न विभिन्न संक्रमणबाट बचाउन सहयोगीको भूमिका निर्वाह गर्नसक्छ ।

३. मुधमेह कम गर्छ

धनियालाई एन्टीबायोटिक जडिबुटीको रुपमा चिनिन्छ । प्राकृतिक रुपमा यसलाई मधुमेह कम गर्नको लागि प्रयोग गरिन्छ ।

४. छाला सम्बन्धि समस्यामा

धनियामा एन्टी फंगस, एन्टीसेप्टीक तथा एन्टी अक्सिडेन्ट पाइन्छ । यसको नियमित सेवनले छाला सम्बन्धि सबै प्रकारका समस्याबाट बच्न सकिन्छ ।

५. मुटु स्वस्थ राख्छ

धनियाको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । धनियामा एन्टी अक्सिेडेन्ट तत्व प्रचुर मात्रा पाइन्छ, जसले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ र राम्रो कोलेस्ट्रालको मात्रालाई बढाउँछ ।

६. पाचन क्रिया स्वस्थ्य

नियमित धनियाको जुस सेवन गर्नाले पाचन क्रियालाई स्वस्थ्य बनाउँछ । पेट फुल्ने, खाना अपच हुने, पेट ढुस्स हुने, छाती पोल्ने जस्ता समस्यमा धनियाको जुसले प्रभावकारी काम गर्छ ।

७. उच्च रक्तचाप नियन्त्रण

धनियामा कैल्सियम, आयरन जस्ता तत्व पाइन्छ । बिहान खाली पेटमा धनियाको जुस सेवन गर्दा त्यसले उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी काम गर्छ ।

८. अनिन्द्रामा

सुत्नु अघि एक गिलास धनियाको जुसको सेवन लाभदायक हुन्छ । यसले शरीरलाई आराम दिनुका साथै विना कुनै औषधी राम्रो निद्रा लगाउन मद्दत गर्छ ।

स्वास्थको सहयोगमा 

Topics #धनिया खानुका फाइदा