बिर्सने बानि सबै मानिसहरुमा हुन्छ । कोहिले छिट्टै बिर्सने हुन्छ भने कोहिले सम्झने गर्छन । यसमा उमेरले पनि प्रभाव पर्छ । उमेर अलिकति ढल्किदै गए पछि धेरै नै बिर्सने हुन्छ ।

तपाईंमा पनि यस्तो समस्या छ भने यसो गर्नुहोस् ।

अमलाः

अमलाले स्वास्थ्यसम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । बिहान खाली पेट अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या पनि समाधान हुन्छ ।

गाईको घिउः

गाईको घिउले राति सुत्नुअघि टाउको मालिस गर्नुहोस् । यसले स्मरणशक्ति तीखो बनाउँछ ।

ओखरः

ओखरमा दिमाग तीखो बनाउने गुण विद्यमान हुन्छ । दश ग्राम किसमिसका साथ २० ग्राम ओखर खानुहोस् ।

रहर दालः

राति सुत्नुअघि रहरको दाल भिजाएर राख्नुहोस् । बिहान यो दालको पेस्ट बनाएर त्यसमा मिश्री हाल्नुहोस् । अनि दूधसित त्यसको सेवन गर्नुहोस् । दिमाग तीखो हुन्छ ।

सूपः

सूपको दानालाई पिँधेर धूलो बनाउनुहोस् । अनि यो धूलोलाई बिहान बेलुका दूधसँग पिउनुहोस् ।

मह र दालचिनीः

महसँग १० ग्राम दालचिनी मिसाएर खानुहोस् । स्मरणशक्ति बलियो हुन्छ ।

गाजरः

दिनको दुईतीनचोटि गाजर खाँदा पनि दिमाग स्वस्थ रहन्छ ।

भिजाइएको बदामः

प्रत्येक रात १० वटा बदाम पानीमा भिजाएर राख्नुहोस् । बिहान उठेर त्यसको बोक्रा निकालेर मसिनो पेस्ट बनाउनुहोस् । अनि त्यसमा मह हालेर उमाल्नुहोस् ।

त्यसपछि त्यसलाई चिसो बनाएर पिउनुहोस् । यो सेवन गरेको दुई घन्टासम्म केही नखानुहोस् ।

माथि दिएको जानकारी तपाईलाई कस्तो लाग्यो ? ज्ञानबिज्ञान हेर्न र सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा 

Topics #​बिर्सने बानी