मिर्गौलाको पत्थरी हुन्छ यस्ता लक्षण देखिएमा

कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी सानोनै किन नहोस तर दुखाई उस्तै हुन्छ । मानिसलाई फरक फरक किसिमका पत्थरी हुन्छ कसैलाई धेरै दुख्छ, भने कसैलाई तेती सारो दुख्दैन ।

यहाँ केही त्यस्ता संकेतका बारेमा दिएको छ जसलाई पटक्कै बेवास्ता गर्नुहुँदैन ।

वाकवाक र पेट गडबड

पेटमा गडबड भएको अनि बान्ता आउला जस्तो भयो भनेपनि पत्थरीको संकेत हुनसक्छ । यतिखेर बान्ता नै आउन पनि सक्छ । बान्ता भयो भने शरीरभित्रको फोहर बाहिर निस्कन्छ ।

ज्वरो

ज्वरो आउनु र चिसो लाग्नु पनि पत्थरीको संकेत हो । मिर्गौलामा पत्थरी हुँदा शरीरको तापक्रम धेरै बढ्छ र ज्वरो आएको जस्तो हुन्छ । यो लक्षणलाई बेवास्ता नगर्नुस् ।

अंग फुल्ने

पेट वा शरीरका अन्य हिस्साहरू फुलेमा अनि मूत्राशयमा समस्या आएमा पत्थरीको लक्षण हो ।

पिसाब गर्दा तीव्र पीडा

मिर्गौलाको पत्थरीबाट पीडित रोगीले सूसू गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ ।

पिठ्युँ दुख्ने

कम्मर र तल्लो भाग दुख्नु पनि मिर्गौलाको पत्थरीको संकेत हो । यो पीडा बिस्तारै पेट र जाँघको बीच भागमा पुग्छ र कठोर पीडा हुन्छ ।

पिसाबमा रगत

पत्थरी लागेको रोगीको पिसाब प्रायः गुलाफी, रातो र खैरो रंगको हुन्छ । पत्थरीका कारण मूत्रनली थुनिएर पिसाब फेर्दा रगत आउँछ ।

तपाईलाई माथि दिएको जानकारी कस्तो लाग्यो ? ज्ञानबिज्ञान हेर्न र सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा