चिनी सबैलाई मन पर्छ । सयद कमि नै होलान चिनी मन नपराउने मानिस । त्यहि माथि केटा केटिलाई त आशाध्ये मन पर्छ चिनी । वैज्ञानिकहरूले एउटा यस्तो दाबी पनि गरेका छन् कि, चिनीले रिस कम गर्न भूमिका खेल्छ ।

चिनी खाँदा जिब्रोमा जति मिठास उत्पन्न हुन्छ, त्यति नै तनाव अन्त्य गरेर मीठो प्रतिफल पनि प्राप्त हुने लन्डन युनिभर्सिटीका वैज्ञानिकहरूले बताएका छन् ।

उनीहरूले अनुसन्धानपछि दाबी गरेका छन् कि, चिनीले रिस अन्त्य गरेर दिमाग शान्त र रोमान्टिक बनाउन मद्दत गर्छ । उनीहरूका अनुसार मस्तिष्कको एक हिस्साले हरेक कुराको निर्णय लिने र आक्रोश नियन्त्रण गर्ने काम गर्छ र चिनीले मस्तिष्कको उही हिस्सालाई ऊर्जा दिएर सक्रिय बनाउँछ ।

कैयौँ पुरुष र महिलालाई दुई समूह बनाएर यो अनुसन्धानमा सहभागी गराइएको थियो । एक समूहलाई चिनी राखिएको कागती पानी र अर्को समूहलाई कृत्रिम मिठासयुक्त परिकार खान दिइएको थियो ।

शोधकर्ताले भनेका छन्, चिनी मिसाइएको कागती पानी पिउनेको दिमाग अर्को समूहको तुलनामा केहीबेरमै शान्त र रोमान्टिक पाइएको थियो ।

स्वास्थको सहयोगमा 

Topics #चिनी