गर्मि मौसममा धेरै मानिसलाई भोक नलाग्ने, निन्द्रा नलाग्ने हुन्छ ।त्यसका लागि यी तल दिएका खानेकुराहरु खानु पर्छ ।

आलु

निद्राको समस्या भएका मानिसले उमालेको वा भुटेको आलु खानु राम्रो हुन्छ । यस्तो आलु छिटो पच्छ र शरीरमा गर्मी पैदा हुन दिँदैन । अनि निद्रा राम्रो पर्ने नै भयो ।

सजिवन

गर्मीमा हाम्रो शरीरबाट असाध्यै पानी निस्कन्छ किनकि पसिना खुबै चुहिन्छ । त्यसैले पानीको स्तर कायम राख्नु जरूरी हुन्छ । सजिवन खाँदा त्यसमा भएको ९५ प्रतिशत पानी र २५ प्रतिशत क्यालोरीले शरीरमा पानीको कमी हुन दिँदैन ।

फर्सी

फर्सी धेरै लाभदायक तरकारी हो । यसमा भएको ट्रिप्टोफानले शरीरमा अत्यावश्यक सेरोटोनिन उत्पादन गर्छ । सेरोटोनिन दिमागमा हुने रसायन हो जसले मूड फ्रेश गर्छ, उदासी हटाउँछ र डिप्रेसनबाट बाहिर निकाल्छ ।

यसले राम्रो निद्रा पनि ल्याउँछ । यसमा भएको पोटासियम र फाइबरले पाचन प्रक्रिया तथा चिनीको स्तरलाई पनि सन्तुलनमा राख्छ ।

लौका

गर्मीमा कुनै हालतमा पनि शरीरमा पानीको कमी हुन दिनु हुँदैन । यसका लागि हरिया सागसब्जी, फल र लगातार पानी पिउनु उपयुक्त हुन्छ ।

शरीरमा पानीको कमी भयो भने पनि निद्रा लाग्दैन । लौकाको तरकारी र लौकालाई दहीमा मिसाएर राइता अवश्य खानुस् । यसले शरीरलाई ठण्डा राख्छ ।

स्वास्थको सहयोगमा

Topics #खानेकुुरा #गर्मीमा राम्रो निद्रा