अकवरी सुनलाई कसी लाउनु पर्दैन

अड्को पड्को तेलको धूप

अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ

अचानाको चोट खुकुरीले जान्दैन

आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने

आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो

आकाशको फल आँखातरी मर्

आलु खाएर पेडाको धाक

आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ

इन्द्रको अगाडी स्वर्गको वयान

ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ

औंलो दिँदा डुँडुलो निल्ने

कानो गोरूलाई औंसी न पुर्ने

काग कराउँदैछ पीना सुक्दैछ

काला अक्षर भैंसी बराबर

कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्रोमा हाले पनि बाङ्गाको बाङ्गै

कुरो र कुलो जता लग्यो त्यतै जान्छ

कौवालाई बेल पाक्यो हर्ष न विस्मात्

कमिलालाई मूतको पहिरो

काम गर्ने कालु मकै खाने भालु

खाई न पाई छालाको टोपी लाई

खाने मुखलाई जुङ्गाले छेक्दैन

घोडा चढ्ने लड्छ

घिउ केमा पोखियो

घाँटी हेरी हाड निल्नु

घरको बाघ वनको स्याल

घरै पिंडालु वनै पिंडालु ससुराली जाँदा बाह्र हातको पिंडालु

छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी

छोरी कुटी बुहारी तर्साउनु

जुन गोरूको सीङ छैन उसैको नाम तिखे

जहाँ स्त्री त्यहाँ श्री

जसले मह काढ्छ उसैले हात चाट्छ

जुन थालमा खानु त्यही थालमा चुठनु

जो चोर् त्यस्को ठूलो सोर्

जो होचो उसको मुखमा घोचो

जति जोगी आए कानै चिरिएका

ठाउँ न ठहर बुढीको रहर

तीलको पहाड बनाउनु

देश गुनाको भेष कपाल गुनाको केश

दुबै हातमा लड्डू

नमच्चिने पीङको सय झटका

नजाने गाउँको बाटो नसोध्नु

नपत्याउने खोलाले बगाउँछ

नाउँ न जस् खरानी घस्

नाच्न नजान्ने आँगन टेढो

नानी भन्दा आची ठूलो

नाङ्लो ठटाई हात्ती तर्साउनु

नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार

नहुनु भन्दा कानो मामा निको

निभ्ने वेलाको बत्ती उज्यालो

नजीकको देउता हेला

पशुपतिको जात्रा सिद्राको व्यापार

पहिलेको तीतो पछिको मीठो

बाँदरको पुच्छर लौरो न हतियार

बाँदरको हातमा नरिवल

बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन

बिग्रेको घरको भत्केको चाला

बालीनाली अरूको राम्रो, छोराछोरी आफ्नो

मह काढ्नेले हात चाट्छ

मेरो गोरूको बाह्रै टक्का

मामाको घोडी मेरो हि हि

मुखमा राम राम बगलीमा छूरा

मर्ने बेलामा हरियो काँक्रो

मरेपछि ओखती

रात रह्यो, अग्राख पलायो / रात रहे अग्राख पलाउँछ

रातभरी करायो दक्षिणा हरायो

लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ

लासामा सुन छ कान मेरो बुच्चै

लोग्ने स्वास्नीको झगडा परालको आगो