विभिन्न संक्रमण र अध्यधिक गर्मीले नाक सुक्खा हुँदा नाकबाट रगत बग्ने (नाथ्री फुट्ने) समस्या बढी देखिन थालेको छ ।

नाकबाट रगत बग्ने विभिन्न कारण भए पनि संक्रमण नै मुख्य कारण हो । साथै  नाक कोटयाउने बानी, चोटपटक, ठोक्किएर, पिनास, नाकको भित्रको मसिनो पर्दा (रक्तनली) फुटेर रगत बग्ने सम्भावना बढी हुन्छ ।त्यस्तै रगत जमाउने तत्त्वमा कमी आउँदा, रगत पातलो बनाउने औषधिको सेवनका कारणले पनि रगत बग्ने गर्छ |

पछिल्लो समय अत्यधिक धूलोका कारणले पनि नाकलाई सुक्खा बनाउँदा नाकको भित्री भागमा रगतको सम्प्रेषण हुने नली फुट्न सक्दछ |

गर्मी मौसममा नाथ्री फुट्ने समस्या धेरै देखिन्छ । कहिलेकाही त नाथ्री फुटेर एक्कासी ह्वालह्वाली रगत आइदिदा मानिसहरु के गर्ने के गर्ने भई अलमल्ल मै पर्ने गरेको पाइन्छ । मानिसले कुनै न कुनै बेला नाकबाट रगत बगेको समस्या भोगेकै हुनुपर्छ ।

 

नाथ्री फुटिहालेको अवस्थामा के गर्ने ?

१. नाथ्री फुटेमा बुढी औला र चोर औलाले कम्तीमा १० मिनेट टाउको अगाडि झुकाईकन नाक थिच्ने ।

२. टाउकोमा र नाक माथि बरफ भएमा बरफ नत्र भने चिसो पानीमा कपडालाई भिजाइकन राखी दिने ।

३. यसो गर्दा रक्तश्राव नरोकिएमा धर्यताका साथ तुरुन्त नजिकको स्वास्थ्य चौकि वा अस्पतालमा बिरामीलाई लैजाने ।

४.यदि बिरामी बेहोस भएमा कोल्टो पारेर टाउको तल पारी नाक थिचि दिने ।

नाथ्री फुट्न नदिन के गर्ने ?

१.गर्मी मौषममा यो समस्याबाट बच्न बढि तापक्रम भएको ठाउमा धेरै बेर नबस्ने ।

२.पर्याप्त पानी तथा झोलिय खानेकुरा सेवन गर्ने ।

३. नाकको उचित हेरचाह तथा सरसफाई गर्ने ।

४. नाक कोटयाउने बानी नगर्ने ।

५. नाक सफा गर्दा वा रुघा लागेमा जोडले सीं सीं नगर्ने ।

६.नानीहरुलाई नाकमा जे पायो त्यही चिज पसाउनबाट बञ्चित गर्ने अथवा त्यसो नगर्न सिकाउने ।

अरु यस्तै थुप्रै जानकारीको लागि कृपया हाम्रो फेसबुक पेज ज्ञानविज्ञान लाइक तथा सेयर गर्नु होला ताकी अरु थुपै मानिसहरुले जानकारि प्राप्त गर्न सक्नुहोस