क्यान्सर गम्भिर प्रकारको रोग हो । हरेक जसो क्यान्सरमा देखिने लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् ।

१. थकान

जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् ।

खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।

२. तनाव

जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ ।

अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सकार लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।

३. दुखाइ

शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।

४ .ज्वरो

ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ ।

कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।

५. दुब्लाउँदै जानु वा वजन कम हुनु

यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन ।

डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन ।

स्वास्थको सहयोगमा

Topics #क्यान्सरका लक्षण