तीते करेला सबै मानिसलाई मन पर्छ भन्ने छैन । केटा केटिलाई त झन् पटक्कै मन पर्दैन करेला किनकि करेला खादा तितो हुन्छ ।

यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु विष बराबर :

पायल्स :

तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।

शल्यक्रिया:

शल्यक्रिया गरेपछि करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ ।

कलेजोको समस्या :

तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ ।

महिनावारी समस्या:

महिनावारीको समयमा यो खाएमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन पर्छ ।

गर्भवती :

बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्‍याउन जरुरी हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #करेला