मानिसको शारीरिक अनि मानसिक बिकासका लागि महत्व कुरा भनेको खानपिनमा नै हुन्छ । खानपिन ले शारीरकि बिकासको लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

स्वास्थ्य रहन ठुलो सहयोग पुग्ने यी खानेकुरा :

अंगुरः

नियमित अंगुरको सेबनले ब्लड सुगरको तह पनि घटाइदिन्छ । अंगुरमा हुने पेक्टिन नामक तत्वले रक्त प्रबाहमा हुने कार्बोहाईड्रेटको तह घटाइदिन्छ र शरीरलाई मोटो हुनबाट बचाउछ ।

दहीः

दहीले हड्डी बलियो बनाउन पनि उत्तिकै सहयोग पु¥याउछ । माछा, मासु र अन्डा नखाने मानिसले दहीबाट प्रोटिन लिन सक्छ । यसले पाचन प्रक्रियालाई सशक्त बनाउछ ।

दहीमा हुने यही गुणका कारण खाना खाईसकेपछि डेर्जटको रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।

गेडागुडीः

गेडागुडीले शरीरलाई आवश्यक पर्ने भिटामिन प्रोटिन लगायतका खानेकुरा प्रदान गर्छन् । गेडागुडीमा पर्याप्त मात्रामा फाइबर, म्याग्नेसियम, आइरन, जींक र भिटामिन बी हुन्छ, जसले रक्तचाप घटाउने र डायबिटिज नियन्त्रण गर्छ ।

केराः

केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन ।

स्याउ :

स्याउमा शरीरलाई आवश्यक पर्ने फाइबर हुन्छ, जसले शरीरको पाचन प्रणालीलाई सहयोग गर्छ ।

स्याउमा भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्व हुन्छ, जसले शरीरलाई स्वस्थ बनाउछ । स्याउमा हुने एन्टिअक्सिडेन्टले त सम्भावित क्यान्सरबाट बचाउँछ ।

बदाम र ओखर :

यसले आँखाको दृष्टिमा सुधार ल्याउछ भनेर विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । गर्भवती महिलाले बदाम खाँदा बच्चाको दृष्टि बलियो हुने विज्ञहरुको भनाई छ ।

शरीरको खराब कोलेस्ट्रोल घटाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ बदाम र ओखर । आल्मोन्डले छालामा चमक ल्याउछ ।

स्वास्थको सहयोगमा

Topics #स्वास्थ्य रहन