नङले स्वास्थ्यको स्थिति पनि बताउँछन् । नङको रङ र आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत हुनुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ ।

१. नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।

२. नङको फेदमा अर्धचन्द्र हुन्छ ,यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगतको कमी भएको हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी–१२ को कमीको पनि संकेत दिन्छ ।

३. नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।

४. नङ धेरै सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्रमण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको समस्याको संकेत हो ।

तपाइलाई माथि दिएको जानकारी कस्तो लाग्यो ? ज्ञानबिज्ञान हेर्न र सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा 

Topics #नङ #रोगको संकेत