सुन्दर बन्ने रहर सबैलाई हुन्छ । सुन्दर बन्नका लागि सधै पार्लर जनै पर्छ भन्ने छैन । घरेलु उपाय प्रयोग गरेर पनि अनुहार चम्काउन सकिन्छ ।

-अनुहार स्वस्थ तथा चम्किलो बनाउन फेसियल स्क्रबको प्रयोग गर्न सकिन्छ । फेसियल स्क्रबको प्रयोगबाट मृत कोषिका हट्छ र अनुहारमा चमक छाउँछ ।

-गर्मी मौसममा अनुहारलाई पोषक तत्व बढी चाहिन्छ । तसर्थ यो मौसममा प्रत्येक दिन भिटामिनयुक्त क्रिमले मसाज गर्ने बानी बसाल्नसके राम्रो हुन्छ । यसका साथै सातामा एक/दुई पटक फेस मास्कको प्रयोग गर्नु राम्रो हुन्छ ।

-हरेक साँझ सुत्नुअघि अनुहार राम्रोसित धुनुपर्छ । राती सुत्नुअघि नुहाउनु पनि शरीरको लागि फाइदाजनक मानिन्छ । यसबाट शरीरका सम्पूर्ण फोहोर पखालिनुका साथै दिनभरको थकान मेटिन्छ र गहिरो निद्रासमेत लाग्छ ।

-गर्मी मौसममा डण्डीफोरको समस्या धेरै हुने भएकाले कामकाजी महिलाले सकेसम्म नीम वा तुलसीयुक्त फेसवास प्रयोग गर्नु उत्तम मानिन्छ ।

नीम वा तुलसीयुक्त फेसवासले अनुहारको फोहोर हटाउनुका साथै अनुहारमा हुने विभिन्न संक्रमणको खतरा कम गर्छ । फेसवासको प्रयोगपछि अनुहारलाई गुलाव जलले राम्रोसँग पुछ्नुपर्छ ।

यसले अनुहार ताजा बनाउनुका साथै रक्तसञ्चार चुस्त बनाउँछ ।

-गर्मी मौसममा मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । घरबाहिर निस्कनुपूर्व छालाअनुसारको सन्सक्रिम प्रयोग गर्न सकिन्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #अनुहार #गर्मि मौसम