तामाको भाडामा राखेको पानी स्वास्थको लागि फाईदा हुन्छ । तर अन्य खानेकुराहरु तामाको भाडामा राखेर खादा स्वास्थमा नोक्सान पुग्छ । तल दिएका कुरा हरु तामाको भाडामा राखेर खानु हुदैन ।

-दुध तामाको भाडामा राख्दा दही जस्तै दुधमा भएको पोषक तत्व विषमा परिणत हुन्छ । यसको सेवन गर्दा मानिसलाई बमेट हुने, झाडापखाला, पेट दुख्ने गायतका समस्या हुन्छन् ।

-लेमन जूस लेमन जूस पनि तामाको भाडामा राख्नुहुन्न । यसमा भएको एसिड तामाुंग मिले रिएक्ट हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको प्रयोगले ग्याष्टिक, पेट दुख्ने समस्या पैदा हुन्छ ।

-अमिलो खालका खानेकुरा अमिलो खालका फलफुल, तरकारी लगायतका चिजहरु तामाको भाडामा राख्नुहुन्न । यसरी तामाको भाडामा राखेको खाएमा कमजोर भइने, अल्छी लाग्ने, रिङ्गटा लाग्ने र बेहोस हुने समस्या हुन्छ ।

-अचार अचार तामाको भाडामा कहिलै पनि राख्नुहुन्न । अचारमा भएको तत्व कपर पोइजनिङ्गमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ ।

-दही दहीलाई तामो भाडामा राखेमा त्यसमा भउको पोषक तत्व उल्टै विषमा परिणत हुन्छ । जसको सेवनले मानिसलाई रिएक्सन गर्छ ।

स्वास्थको सहयोगमा 

Topics #तामाको भाडामा राख्नुहुन्न