घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि खानु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि अत्यन्तै घातक मानिन्छ ।

दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै भुँइकटर तरबुजा खरवुजा, काँक्रो, टमाटर, आदि कहिल्यै पनि खानु हुँदैन ।

दुधसँग दही, नून, कागती र अन्य फल मिसाएर खानु हुँदैन । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।

पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग खानु पनि विपरित आहार मानिन्छ ।

मह तातो दुधसँग कहिल्यै पनि खानु हुँदैन । तातो दुध पानी वा अन्य कुनै पनि तातो चिजसँग मह मिसाएर खानु हुँदैन मह आफैमा तताएर पनि खानु हुँदैन ।

मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक मानिन्छ । मुला र दुधएकसाथ खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।

माछासँग दुध तथा दुधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।

खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा तत्कालै ज्यान समेत जान सक्ने खतरा हुन्छ ।
काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिककारक मानिन्छ ।

तरकारी वा अन्य परिकार पकाउँदा तेल वा घ्यूमा बेसार फ्राइ गर्नु घातक हुन्छ । यस्तो बेसारले विभिन्न रोगलाई जन्म दिने खतरा हुन्छ । दही मही र जाँड रक्सी सँगै खानु हुँदैन ।

यो प्पोस्त हामीले news 24 बाट साभार गरेका हौ ।
तपाइलाई यो जानकारी उपयोगी लग्यो भने कृपया सेयर गर्न नभुल्नु होला ।