आरु निकै फाइदाजनक फल मानिन्छ । हल्का गुलियो यसको विशेषता त हो |

आरु खादा हुने फाइदाहरु

१. आँखाको दृ्श्य शक्ति

आरुको बोक्रामा पनि केही मात्रामा भिटामिन र मिनरल्स पाइन्छन् । यसले आँखालाई स्वास्थ्य र दृ्श्य शक्ति बढाउँनका मद्दत गर्छ । आरुमा बीटा क्यारटीन नामक तत्व पाइन्छ, जसले शरीरमा भिटामिन ‘ए’ बन्नका लागि आवश्यक हुन्छ । भिटामिन ‘ए’ले आँखामा रेटिनालाई स्वस्थ्य राख्नमा धेरै मद्दत गर्छ ।

२.तौल नियन्त्रण

यसले तौल कम गर्न पनि मद्दत गर्छ । आरुमा रहेको ८० प्रतिशत पानी र फाइबर भरपूर मात्रामा पाइन्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ । आरुमा रहेको फाइबरको मात्रा पेट र कलेजोबाट टोक्सिनलाई हटाउँनेमा मद्दत गर्छ ।

३.मृगौलाका लागि लाभदायी

यसमा पाइने पोटासियमले मृगौलीका लागि फाइदाजक हुन्छ । यसले तपाईको पिसाब थैलीका लागि एक क्लिंजिंग एजेन्टको रुपमा काम गर्छ, जसले गर्दा मृगौलासँग जोडिएका बिरामी टाढा भाग्छन् ।

४.हड्डि बलियो

आरुमा पाइने क्याल्सियम र फस्फोरसले हड्डिलाई बलियो बनाउँनका साथै दाँतलाई पनि बलियो बनाउँछ ।