1. बेलुकीको खाना खाइसकेपछि जंकफुड खाने गल्ती कहिल्यै गर्नु हुँदैन ।

2. कतिपयले खानापछि चिया-कफी लिने गर्छन्, जसलाई स्वस्थकर मानिँदैन । तर, सुत्नुअघि पिउने एक कप ‘ग्रिन टी’ले भने शरीरलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ ।

3. साँझको खानापछि तत्काल सुत्नु पनि स्वास्थ्यका लागि फाइदाजनक होइन । यसो गर्दा शरीरको तौल बढ्नुका साथै शरीरमा मेटाबोलिजमको मात्रा कमी हुन जान्छ ।

4. बेलुकीको समय धेरै खानुलाई पनि राम्रो मानिदैन । बढी खाँदा ओभरइटिङको समस्या हुन जान्छ । जसका कारण शरीरमा क्यालोरी बन्न समस्या उत्पन्न हुन्छ ।

5. खाना खाइसकेपछि इभिनिङ वाक गर्दा शरीरलाई निकै फाइदा पुग्छ । यसो गर्दा पेटको एकै ठाउँमा खाना जम्मा हुन पाउँदैन र पेटको सम्भावित रोगबाट पनि बच्न सघाउ पुग्छ ।