हामी मुला मात्र खान प्रयोग गर्छौ र मुलाको साग फाली दिन्छौ । यसमा धेरै पौष्टिक तत्वहरु पाइन्छ जसले हामीलाई धेरै खालका स्वास्थ–सम्बन्धी समस्याहरुबाट बचाँउछ ः

१. कब्जीयतबाट राहत

मुलाको पातमा फाइबर हुन्छ जसले कब्जीयतको समस्या हटाउँछ र पाचन प्रणाली ठिक रहन्छ ।

२. कमजोरी हट्ने

मुलाको पातमा आइरन र फस्फोरस जस्तो तत्व धेरै मात्रामा हुन्छ । जसले शरिरमा हेमोग्लोबिनको मात्रा बढ्छ र कमजोरी हट्छ ।

३. जोर्नीको दुखाइ हट्ने

मुलाको पातमा क्याल्सियमको मात्रा अधिक हुन्छ त्यसैले मुलाको पात खानाले जोर्नीको दुखाइ हटाँउछ ।

४. पिसाबसम्बन्धि समस्या हट्ने

मुलाको पातको सेवन गर्नाले पिसाबसँग सम्बन्धि समस्याहरु हट्छ।

५. क्यान्सर

मुलाको पातमा एन्थोसाइनिन हुन्छ जस्ले क्यान्सरका बिरामीका लागि धेरै फाईदा पुर्याउँछ

६. कफको समस्यामा कमी

मुलाको पातमा एन्टी कन्जेस्टिभ गुण हुन्छ यसले कफको समस्या कम गर्छ ।

७. डायबिटिज नियन्त्रण

डायबिटिजका बिरामीलाई मुलाको पात फाइदाजनक हुन्छ । मुलाको पात खानाले शरिरको ब्लड र सुगर लेभल कन्ट्रोल हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #मुलाको पात