गर्मि मौसममा प्राय सबैको शरीरमा पसिना आउने गर्दछ । शरीरको विभिन्न भागमा मानिसलाई पसिना आउने गर्दछ ।त्यसले गर्दा धेरै काम गर्न अबरोध आउछ । ​हत्केलामा पसिना आउछ यी घरेलु उपाय अपनाउनुहोस् ।

१. टलकम पाउडर

यदी तपाईको हातमा पसिना आइरहने समस्या छ भने टलकम पाउण्डर लगाउनुहोस् । यसले तपाईको हातमा आएको पसिना सोस्ने काम गर्छ ।

जसका कारण तपाईको हातमा पसिनाले समस्या दिनेछैन । यो पाउडर तपाईले सजिलै बोक्न पनि सक्नुहुन्छ ।

२. तेज पत्ता

तेज पत्ताको प्रयोग गर्न पनि सकिन्छ । यसलाई पानीमा उमाल्नुहोस् । राम्रोसँग पानीमा उम्लिएपछि यसलाई हातमा लगानुहोस् । यसले तपाईलाई आराम दिनेछ ।

३. काचो आलु

हत्केलामा पसिना आउने समस्या कम गर्न काचो आलुले सहयोग गर्छ । आलुलाई टुक्रा टुक्रा पार्नुहोस् र हातमा दल्नुहोस् । यसो गर्नाले हातमा पसिना आउन कम हुन्छ ।

४. बेकिङ सोडा

यदी तपाई हातमा आउने पसिनाबाट घण्टौसम्म छुट्कारा पाउन खोज्नु भएको छ तातो पानीमा बेकिङ सोडा मिलाउनुहोस् । त्यसपछि त्यस पानीमा हात डुबाएर राख्नुहोस् । यसो गर्नाले पसिना घण्टौ सम्म आउँदैन ।

तपाइलाई माथि दिएको जानकारी कस्तो लाग्यो ? ज्ञानबिज्ञान हेर्न र सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा 

Topics #​हत्केलामा पसिना