गर्मि मौसम सुरु भयो आब चिसो पानीले नुहाउनुको नै मज्जा बेग्लै हुन्छ । शरिर पसिनाले निथुक्र भिजेको बेला चिसो पानीले नुहाउदा धेरै आनन्द हुन्छ । चिसो पानीले शरिरमा गर्ने फाइदा धेरै छन् ।

१. प्रभावकारी रक्तसञ्चार –

ध्यानपूर्वक चिसो पानीको मज्जा लिनुहोस् । जब तपाईको शरिरको छालामा चिसो पानीले स्पर्श गर्छ, त्यतिबेला छुट्टै आनन्द आउँछ । याद गर्नुहोस्, यस्तो समयमा तपाईको रक्तसञ्चार निकै प्रभावकारी भइरहेको हुन्छ ।

२. प्रजनन क्षमता वृद्धि –

पुरुषको प्रजनन क्षमतामा चिसो पानीले वृद्धि ल्याउने एक अध्ययनको दाबी छ । यदी तपाईलाई बच्चा चाहिएको छ भने चिसो पानीले नुहाउने गर्नुहोस् । ठीक उल्टा, तातो पानीले पुरुषको प्रजनन क्षमता घटाउँछ ।

३. अतिरिक्त फाइदा –

चिसो पानीले नुहाउनाले शरीरको भित्री पीडामा कमी आउँछ । यसले कपाल स्वस्थ रहन्छ भने किड्नीले समेत राम्ररी काम गर्छ ।

४. रोग प्रतिरोधक क्षमता बढाउँछ–

यदी तपाई ह्वाइट ब्लड सेल बढाउन चाहनुहुन्छ भने चिसो पानीले नुहाउनुहोस् । चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

५. चोटको पीडा कम गर्छ –

तपाईले धेरैभन्दा धेरै काम गर्नुहुन्छ भने तपाईको शरीरले आराम खोज्छ । त्यस्तो अवस्थामा दुर्घटना हुनसक्छ तर चिसो पानीले नुहाउनाले शरिरलाई फेरि ताजगी मिल्छ ।

६. पाचनशक्ति बढाउँछ –

तपाई जब चिसो अवस्थामा हुनहुन्छ तब आनन्ददायक महसुुस गर्नुहुन्छ । त्यस्तै तपाईको शरीरले पनि चिसो अवस्थामा आफै ताप बढाउँछ । त्यसपछि मेटावोलिजमको वृद्धि हुन्छ ।

माथि दिएको जानकारी तपाइलाई कस्तो लाग्यो ? ज्ञानबिज्ञान हेर्न र सेयर गर्नु होला ।

स्वास्थको सहयोगमा 

Topics #चिसो पानीले नुहाउँनु