मानिसले बाहिरी लुगा मात्र सफा लगाउछन् भित्रि लुगा मानिसले तेती वास्ता गर्दैनन् तर हामीले भित्रि लुगाको धेरै ध्यान दिनु पर्छ।

दिनभर ब्रा लगाउँदा हुने असरहरु

१. रक्तसञ्चारमा समस्या

चौबीसै घण्टा ब्रा लगाई राख्नाले रक्तसञ्चारमा पनि अवरोध पुग्छ । धेरै कसिलो ब्रा भए स्तनका तन्तुहरू पनि नष्ट हुने खतरा हुन्छ ।

२. रातो बिमिरा आउने

(हाइपरपिग्मेन्टेशन) धेरै समयसम्म ब्रा लगाउने महिलामा अत्यधिक मात्रामा रातो बिमिरा आउने खतरा रहन्छ ।

३. स्तनमा पीडा हुने

जो महिला दिनभर ब्रा लगाई राख्छन् उनीमा अन्यको तुलनामा स्तनमा बढी पीडा हुन्छ । विशेष गरी त्यो महिलाहरुमा यस्तो समस्या हुन्छ जसले साइजको ब्रा लगाउँदिनन् ।

४. फंगस फैलिने आंशका

चौबीसै घण्टा ब्रा लगाइ राख्नाले शरीरमा मोइस्चर बन्छ । जसले गर्दा फंगस फैलिने आशंका बढेर जान्छ ।

५. छालामा समस्या

चौबीसै घण्टा ब्रा लगाउनाले छालाको समस्या पनि हुन सक्छ । चिलाउने, जलन, असहज हुनु ।

६. पिठ्यूँ दुख्ने

तपाईमा पिठ्यु दुख्ने समस्या छ भने त्यसको कारण ब्रा हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाइ राख्नु हुन्छ भने पिठ्यूँ दुख्ने समस्याले सताउने गर्छ । विशेषगरी त्यो महिलामा यो समस्या देखिन्छ जो सानो साईज र धेरै टाइट ब्रा लगाउँछन् ।

स्वास्थको सहयोगमा 

Topics #ब्रा लगाउनुका बेफाइदा