तरकारीमा धेरै प्रयोग हुने भनेको नै आलु हो । तरकारीको राजा मानिन्छ आलुलाई जुन तरकारी संग पनि मिल्छ आलु ।तर हामीले ध्यान दिनुपर्छ कस्ता खालका आलु खानु हुदैन भनेर यहाँ तल दिएको छ कस्ता खालका आलु खानु हुदैन :

टुसा आएको आलु

आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन ।

चाहुरि परेको आलु

लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाहुरिन पुग्छ । जसलाई बिऊको रुपमा प्रयोग गर्ने गरिन्छ । आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ ।

यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ ।

हरियो रंग

बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ ।

यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ ।

माथि दिएको जानकारी तपाइलाई कस्तो लाग्यो ? ज्ञानबिज्ञान हेरन र सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा 

Topics #आलु #स्वास्थ्यको लागि हानिकारक