जुनसुकै उमेरका मानिस हुन् ढाड दुख्ने समस्या हुने गर्छ । तर अलिक बुढेसकाल लागे पछि भने यसले धेरै नै सताउने गर्छ  । ढाड दुख्ने समस्या त्यति डरलाग्दो भने होइन । सामान्य केही कुरामा ध्यान दिन सक्यौं भने यो समस्याबाट बच्न सकिन्छ ।

– तनाव नलिइकन काम गर्नुपर्छ, ढाड दुख्ने, तनाव र डिप्रेसनबीच आपसमा अन्तरसम्बन्ध हुन्छ ।

– अन्य जोखिमहरु मोटोपन, मधुमेहलगायतका रोग पनि ढाड दुखाईका कारण हुन् ।

– दुई वर्षभन्दा कम उमेर बालबालिकालाई मोनिटर भएका कुनै पनि साधन चलाउन नदिने । त्यसले ढाड दुख्ने समस्या त हुन्छ नै , उनीहरुको सिर्जनात्मक सोच्ने शक्ति कमजोर हुन्छ ।

–धेरै निहुरिएर काम नगर्ने, भुई पुछ्दा उभिएर पुछ्ने, एकैपटक धेरै कपडा नधुने, सामान पनि धेरै तौल भएको नठाउने गर्नुपर्छ ।

–बच्चामा ढाड दुख्ने समस्या भयो भने अलि राम्ररी जाँच गर्नु आवश्यक छ । उनीहरु खेल्दा लड्ने र रुघाखोकी लाग्दा ढाड दुख्ने हुन्छ । २५ वर्षभन्दा मुनिका मानिसलाई लगातार ढाड दुख्यो भने खतराको लक्षण हो ।

– दिसापिसाव भएको छैन वा रोकिदैन, ज्वरो आयो, तौल घटिरहेको छ, दुखाई तिघ्राभन्दा तल सर्दै गएको छ भने पनि अस्पताल गई विशेषज्ञलाई देखाइहाल्नुपर्छ ।

– त्यसबाहेक सुत्दा पोजिसन मिलाएर सुत्ने, महिलाले महिनावारी हुँदा अलि कम काम गर्ने गर्नुपर्छ ।

– सुत्दा धेरै लचकदार तथा फोम भएको भन्दा कडा बेडमा सुत्ने ।

– धेरै समय सुतेर टिभी हेर्न, मोबाइल, ल्यापटप चलाउन कम गर्नुपर्छ ।

– बाइक चलाउने क्रममा खाल्डो आउँदा अलिकता उठेर चलाउने ।

– ढाड दुखाईसँगै ज्वरो आउने, हातखुट्टा झमझमाउने, दुख्यो भने चिकित्सककहाँ जानुपर्छ ।

माथि दिएको जानकारी तपाइलाई कस्तो लाग्यो ? ज्ञानबिज्ञान हेर्न र सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा 

Topics #ढाड दुख्ने समस्या