रुँनाले तनावरहित एवं हल्का महशुस हुन्छ । आँखाबाट झर्ने आँशु व्यक्तिको मर्म र भावनालाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो ।

जब कसैले हामीलाई आघात पुर्याउछ वा हामी अत्याधिक दुखी हुन्छौं, त्यस अवस्थामा हामी रुन्छौ । यसरी आँखाबाट खसेको आँशुले तनावबाट मुक्त गर्दछ । यस्ता छन् फाइदाः

ब्याक्टेरियालाई समाप्त गर्छ :

आँशुमा यस्तो किसिमको एन्टिबायटिक्स् पाईएकोछ, जसले किटाणुबाट आँखाको रक्षा गर्दछ । आँशुमा एकप्रकारको लिसोजाईम नामक तरल पदार्थ हुन्छ, जसले ५,१० मिनटमा नै नब्बे देखि पन्चनब्बे प्रतिशत ब्याक्टेरियाहरुको सफाया गर्नसक्छ ।

अनुसन्धानबाट देखिएको कुरा के हो भने, जब हामी बढि दुखी वा तनावमा हुन्छौ, त्यस्तो बेला शरीरभित्र केहि टक्सिन केमिकल्स बन्न थाल्छन् । जुन बिषक्त तत्वहरु रुँदा आँखाबाट आँशुको रुपमा बाहिर निस्किन्छ ।

मुड ठिक भएको बेला कहिलेकाही शरीरमा मेग्जिन नामक तत्व बढिभएर घबराहट, परेसानि, थकान, अनाहकमा रीस उठ्ने जस्तो समस्या देखिन्छ । यस अवस्थामा रुनाले शरीरमा मेग्जिनको स्तर कम हुन्छ । जसको फलस्वरुप व्यक्ति आफुलाई हल्का महशुस गर्न थाल्दछन् ।

तनाव घट्दछ :

अत्यधिक तनावको अवस्थामा रुनाले केहि मात्रामा राहत मिल्दछ । रुने प्रकृयाको दौरान शरीरमा एंडोफ्रिन ल्युकामाईन, एकांफालिन तथा प्रोलेक्टिन नामक तत्वहरुको स्तर कम हुन्छ । जसले गर्दा तनाव कम हुन्छ ।

आँखाको ज्योति बढ्छ :

आँखामा आँशु आउनाले आँखाको नानी र परेलीको रसिलोपन बढ्दछ । वैज्ञानिकहरुले यसलाई सिद्धा गरेका छन् कि रुनाले आँखाको सुन्दरता बढ्दछ ।

ति वैज्ञनिकहरुको मतानुसार आँखाको कर्नियाको परत कंजकटाईवालाई आश्रुग्रन्थीद्वारा निस्किने आँशुले ओसिलो बानाईदिन्छ । जस्को फलस्वरुप आँशुमा रहेका शरीरका तत्वहरुद्वारा सुन्दरता निखारेर आउँछ ।

आँखाबाट आँशु निस्किने बेला हारडेरीयन ग्रन्थीबाट एक प्रकारको तेलीय पदार्थ निस्किन्छ, जसको सहायताले कोर्निया नरम र गहिरो हुन् जान्छ । महिलामा पुरुषहरुको तुलनामा बढि आँशुको उत्पादन हुन्छ ।

यही कारण होकि महिलाहरुको आँखा बढि सुन्दर हुन्छन् । यद्यपी अत्याधिक रुनाले आँखाको दृष्टी गुम्न पनि सक्छ ।

स्वास्थको सहयोगमा 

Topics #रुँदा स्वास्थ्यलाई पुग्ने फाइदा