टुसा पलाएको गेडागुडी खादा हाम्रो स्वस्थ राम्रो हुन्छ । सकेसम्म काचै खादा राम्रो हुन्छ तर राम्रो संग पखालेर मात्र । यस्ता छन् टुसा पलाएको गेडागुडी खादा स्वास्थ्यमा यस्ता फाईदाहरु हुन्छन् ।

१. शिशुको स्वास्थ्य

शिशुहरूमा ‘फोलेट’ नामक खनिज पदार्थको कमि हुँदा हुने गर्दछ । यो भनेको मस्तिष्कको समस्या हो । यो समस्या हुँदा बच्चाहरूको दिमाग बोधो हुने, चाँडै बोल्न नसक्ने, भनेको कुरा चाँडै बुझ्न नसक्ने जस्ता खतरनाक समस्याहरू देखा पर्दछन् ।

टुसा पलाएको अन्नमा प्रशस्त मात्रामा फोलेट पाइन्छ, जसले गर्दा तपाईँको शिशुमा यस्ता समस्या हुनबाट बचाउँछ ।

२. मुटुको स्वास्थ्य

टुसा पलाएको अन्न ‘ओमेगा ३ फ्याटी एसिड’को श्रोत हो । यसले रक्तनली र धमनीबाट नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्दत गर्दछ। साथै यसले मुटुको धमनीमा पर्ने दवाव र जलनलाई पनि कम गराउँछ ।

३. आँखाको स्वास्थ्य

टसुा पलाएको अन्नमा प्रशस्त भिटामिन ए पाइन्छ । आँखाको दृश्य शक्तिलाई बढाउने एउटै मात्र तत्व भनेको भिटामिन ए नै हो ।

यसमा हुने एण्टिअक्सिडेन्ट तत्वले आँखाको रेटिनाको कोषलाई फ्री राडिकलबाट बचाउँदछ र उमेरसँगै रेटिनाको ह्रास हुने क्रमलाई पनि घटाउँदछ।

४. रक्तसञ्चार

शरीरमा पर्याप्त मात्रामा फलाम भएन भने ‘रक्तअल्पता’ हुन्छ । रक्तअल्पता हुँदा शरीरका मांशपेसी अनि अन्य महत्वपूर्ण अङ्गमा रगतको सञ्चार हुन पाउँदैन।

हामीले पर्याप्त मात्रामा फलाम भएका खानेकुराहरू खाएनौँ भने शरीरमा बिस्तारै रक्तकोषको मात्रा घट्दै जान्छ । रक्तकोष निर्माणको लागि चाहिने महत्वपूर्ण तत्व फलाम हो । टुसा उम्रेको अन्नमा प्रशस्तै मात्रामा फलाम पाइन्छ, जसले यस्ता समस्याहरूबाट सजिलै राहत प्रदान गर्दछ ।

५. पाचन शक्ति

गेडागुडीको टुसामा पाइने ‘इन्जाइम’ सबैभन्दा महत्वपूर्ण तत्व हो । यसले शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियालाई सक्रिय बनाउनुको साथै पाचन शक्तिमा सुधार ल्याउँछ ।

इन्जाइमको सहायताले हामीले खाएको खानालाई सजिलै टुक्र्याउँदछ र त्यसबाट सामान्य भन्दा धेरैमात्रामा पौष्टिक तत्वहरू सोस्न सक्दछ । जसले गर्दा शरीरले पर्याप्त मात्रामा ऊर्जा पनि पाउँछ ।

६. क्यान्सर

टुसा पलाएको गेडागुडीमा पाइने जैविक तत्वको एण्टिअक्सिडेन्ट गतिविधिले क्यान्सर प्रतिरोधात्मक तत्वको पैदा गराउँदछ । भिटामिन सी, भिटामिन ए र एमिनो एसिड, प्रोटिन अनि इन्जाइमले शरीरमा ‘फ्री राडिकल’को मात्रा प्रभाव पार्दछ ।

फ्री राडिकल भनेको पाचनप्रक्रियाबाट निस्कने खतरनाक तत्व हो जसले स्वस्थ कोषलाई क्यान्सरयुक्त कोषमा परिणत गर्दछ। त्यसैले टुसा पलाएको अन्नले क्यान्सर लगायत, चाँडै बूढो हुने, स्मरण शक्तिमा ह्रास हुने अनि उमेरसँगै आउने समस्याको पनि अन्त्य गराउँदछ।

स्वास्थको सहयोगमा 

Topics #उम्रेको गेडागुडी