गर्मि सुरु भयो अब चिसो पानीमा पौडी खेल्नुको मज्जा नै बेग्लै हुन्छ  । त्यसैले गर्दा आजभोलि विभिन्न ठाउमा  पौडी पुल सञ्चालन गरिएको छ । पौडी खेल्नु स्वास्थको लागि राम्रो हुन्छ । पौडी खेल्दा शरीरको व्यायाम हुन्छ ।

 

तर, पौडी खेल्नुअघि केही कुरामा भने सावधानी अपनाउनुपर्छ । कतिपय अवस्थामा दुर्घटना हुनसक्छ भने छाला लगायत संक्रमणको भय पनि उत्तिकै हुन्छ । खासगरी बालबालिकालाई एक्लै छाड्नु हुँदैन ।

१. पौडी गर्नु ३० मिनेटअघि पर्याप्त पानी पिउनुपर्छ । यसले शरीरमा पानीको मात्रा कमी हुन दिदैन ।

२. पौडी का लागि राम्रो र सुविधायुक्त पौडी पुल छनौट गर्नुपर्छ ।

३. पौडी पुलको पानी दूषित हुने भएकाले यसवाट छिटै संक्रमण फैलिने तथा छालाको समस्य आउन सक्छ ।

४. पौडी पुलको पानी बेला बेलामा फेरिरहनु पर्छ । यदि त्यसो गरिएको छैन भने उक्त पानीको कारण झाडापखला र टाइफाइड जस्ता सरुवा रोग लाग्न सक्ने खतरा हुन्छ ।

५. पौडी पुलमा पौडी खेल्नुअघि नुहाउनका लागि छुट्टै स्थान चाहिन्छ ।

६. पौडी पुल जानुअघि नै राम्रो पौडी कस्ट्युमको व्यवस्था गर्नुपर्छ ।

७. राम्ररी पौडन नजान्नेहरुले सहयोगीको साथमा मात्र पौडीको अभ्यास गर्नुपर्छ ।

माथि दिएको जानकारी तपाईलाई कस्तो लाग्यो ? ज्ञानबिज्ञान हेर्न र सेयर गर्न नभुल्नुहोला ।

स्वास्थको सहयोगमा 

Topics #पौडी खेल्नु