हरीयो खुर्सानीको प्रयोगबाट कयौं प्रकारका स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्त हुन्छ

हरियो खुर्सानीमा ‘भिटामिन ए’, ‘बी ६’, ‘फलाम’, ‘कपर’, पाइन्छ । खानाको स्वाद बडाउन हामीले खुर्सानीको प्रयोग गर्छौ । यस्ता छन् खुर्सानीका फाईदाहरु:

१. हाल भएको एक अध्ययन अनुसार हरियो खुर्सानीले ब्लड सुगरलाई घटाउन सहयोग गर्छ ।

२. हरियो खुर्सानीलाई ‘मूड बूस्टर’को रुपमा पनि लिइन्छ । यसले मस्तिष्कमा ‘एन्ड्रोफिन’को संचार गर्छ । जसले हाम्रो मुड लामो समयसम्म राम्रो गराउन मद्दत गर्छ ।

३. कतिपय अनुसन्धानमा क्यान्सरबाट मुक्त हुनको लागी हरियो खुर्सानीको प्रयोग फाइदाजनक मानिएको छ । तर यस कुराको हालसम्म आधिकारीक रुपमा पुष्टि भने हुन सकेको छैन ।

४. हरियो खुर्सानीमा ‘एन्टि ब्याक्टिेरियल’ गुण हुन्छ । जसको कारण शरिर ब्याक्टेरीयाबाट स्वतन्त्र रहन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन समेत सहयोग गर्छ ।

५. हरियो खुर्सानी ‘एन्टि अक्सिडेन्ट’को राम्रो स्रोत हो । यसमा ‘डाइट्री फाइबर’ प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रियालाई राम्रो बनाउँछ ।

६. हरियो खुर्सानीमा हुने ‘भिटामिन ए’ आँखा र छालाको लागी धेरै फाइदाजनक हुन्छ ।

स्वास्थको सहयोगमा