कालो अंगुर एउटा यस्तो फल हो जसलाई केटा केटी देखि बृद्ध समेतले खान मन पराउछन् । यो खादा गुलियो हुन्छ तर यसमा चिनीको मात्र कम हुन्छ । अंगुर सेवन गर्नाले विभिन्न रोगबाट छुट्कारा पाइन्छ । जस्तैः

क्यान्सरः

अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

रक्तस्रावः

शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।

फोकाफोकीः

अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ ।

माइग्रेनः

माइग्रेन भएपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खाएमा माइग्रेनको पीडा हराउँछ ।

रक्ताल्पताः

शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

हृदयघातः

हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।