कागती-पानी पिउनु स्वास्थको लागि राम्रो मानिन्छ । तर यस्ता किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन :

– जुन व्यक्तिको दाँतमा समस्या छ, कागती पानी पिउनाले दाँतमा भएको इनामेललार्इ नष्ट हुन गर्इ दाँत टुक्रिने वा सेन्सिटिभिटी बढ्ने जस्ता समस्या पैदा हुन सक्छ ।

– पिसावसँग सम्बन्धित समस्या छ भनेपनि कागती पानी नपिउनु नै उत्तम हुन्छ । कागती पानी पिउनाले बारम्बार पिसाव लाग्ने हुँदा त्यस्तो समस्यालार्इ झन् प्रभावित गराउँछ ।

– कागती पानीले कफ र पित्त बढाउँछ । यदि व्यक्तिलार्इ कफ एवं पित्तको कुनै समस्या भए यस्तो पानीले अझ समस्या जटिल बनाउँछ ।

– कागती पानीमा एसिडको मात्रा धेरै हुन्छ । तसर्थ यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन, एसिड रिप्लक्स जस्ता समस्या बढ्न जान्छ ।

– पेटमा अल्सर भएको छ भने पनि कागती पानी नपिउनु राम्रो हुन्छ । यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ ।

स्वास्थको सहयोगमा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here