बजारमा पाइने धेरै परिकार मैदाबाट बनेका हुन्छन् । तर, मैदाबाट बनेका परिकारको धेरै प्रयोग स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । मैदाका केही बेफाइदा यस्ता छन् :

-मैदाबाट बनेका परिकारले तौल बढाउन भूमिका खेल्छन् । शरीरको हड्डी खिइने समस्या पनि निम्तिन्छ ।

-मैदामा केही पनि पौष्टिक तत्व हुँदैन, गहुँको बाहिरपट्टिको पौष्टिक तत्व (बोक्रा) निकालेर भित्री भागबाट मात्रै बनाइएको हुन्छ ।

-खासमा खानुपर्ने गाहुँको बाहिरी भाग हो । यसमा भिटामिन बी पाइन्छ । तर, गहुँको भित्री भागबाट बनाइएको मैदामा कुनै रेसादार पदार्थ र भिटामिन हुँदैन ।

-आधुनिकताको नाममा सेतो आँटाबाट बनेका परिकार खाने चलन छ । तर, यसले कब्जियतको समस्या निम्त्याउँछ । मैदाबाट बनेका परिकार मिठाइ, चाउचाउ, बिस्कुट, कुर्मुरे आदिले शरीरमा विभिन्न रोग भित्राउन भूमिका खेल्छन् ।

-पोषण नभएका खानेकुरा खाँदा बालबच्चाको मस्तिष्क राम्रोसँग विकास हुन सक्दैन ।

-पौष्टिक तत्व नभएका खानेकुरा खाँदा ६०–७० वर्षको उमेरपछि आउने गरेका स्वाथ्य समस्या ३०–३५ वर्षको उमेरमै देखा पर्न थाल्छन् ।

-खानपिनका कारण मुटुमा समस्या, हर्टअट्याकजस्ता रोग युवा पुस्तामा देखा पर्न थालेका छन् । खराब जीवनशैली र तनाबले पनि यस्तो हुन्छ ।

नयाँ पत्रिका बाट