पुदिना हामीले अचारमा मिसाएर पिसेर खादा बेग्लै स्वाद पाइन्छ । आफुसंग प्रसस्त जग्गा नभए घरको छटमा गमलामा पनि रोप्न सकिन्छ । यस्ता छन् पुदिनाका गुणहरु;

 

पुदिनाको सेवन मात्र होमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । अपच भएर पेट दुखेको छ भने पुदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ ।

प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ । सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् ।

पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दुर्गन्ध हट्छ ।

खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनुपर्छ । झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको मात्रा मिलाएर खाँदा फाइदा हुन्छ ।

न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।

अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् ।

त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्नाले अनुहारको डण्डिफोर हट्नेछ ।

बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ भने पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् ।

सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् । पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक मानिन्छ ।