बिहान खाली पेटमा लसुन खानुका अनेक फाइदा छन् । तर, यस्ता समस्या भएका व्यक्तिले लसुनको सेवन गर्नु हुदैन  ।

१. शल्यक्रिया गर्दा

लसुन खानाले रक्तस्राव तीव्र हुने भएकाले शल्यक्रिया गरेको कम्तीमा दुई सातासम्म लसुन खानु हुँदैन ।

२. आँखाको रोग

आँखाको दृष्टि कम भएकाले सकेसम्म कम लसुन खाने बानी बसाल्नुपर्छ । किनकि, आँखाको समस्या भएकाले लसुन खाएमा खराब गर्छ ।

३. सुत्केरी अवस्था

सुत्केरी अवस्थामा सामान्य मात्रामा लसुन खाँदा हुन्छ । तर, बढी खादा सुत्केरी र स्तनपान गराउने महिलालाई राम्रो गर्दैन ।

४. जन्डिस

जन्डिस भएकाले लसुन खाएमा अवस्था बिग्रिन सक्ने भएकाले त्यस्ता मानिसले लसुन खानु हुँदैन । कलेजोसम्बन्धी समस्या भएकाका लागि पनि लसुन खानु हुदैन् ।

५. न्यून रक्तचाप

उच्च रक्तचाप भएकाका लागि लसुन राम्रो हो यसले रक्तचाप घटाउँछ । तर, न्यून रक्तचाप भएकाले लसुन खाएमा रक्तचाप थप घट्न गई समस्या हुन सक्छ ।

६. पेटसम्बन्धी समस्या

आन्द्रामा ग्यास जम्मा भएकाले लसुन खाएमा पेट दुख्ने , पोल्ने हुन सक्छ । यस्तो समस्या भएकाले लसुन खानु हुँदैन ।

७. रक्तस्राव हुने

लसुन खानाले रक्तस्राव बढ्ने भएकाले रगत बग्ने समस्या भएकाले लसुन खानु हुदैन् ।

स्वास्थको सहयोगमा