केरामा पोटासियम, म्याग्नेसियम, भिटामिन बी–६ पाइन्छ । यो एक प्रकारको मिठो फा हो । तल उल्लेखित अवस्थामा भने केरा खानुहुँदैन ।

– केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ ।

– केरामा भिटामिन बी–६ हुन्छ । यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ ।

– केरामा गुलियोको मात्रा बढी हुन्छ । त्यसैले डाइबिटिज भएका व्यक्तिले धेरै मात्रामा केरा खानु हुँदैन ।

– केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ । यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ । त्यसैले धेरै मात्रामा केरा सेवन गर्नु हुँदैन ।

– केरामा पोटासियम बढी मात्रामा हुन्छ । यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ । यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ ।

स्वास्थको सहयोगमा